6 years ago
February 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबारको दोस्रो खेलमा नेपाल एपिएफ महेन्द्रा फुटबल टिम र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीचको खेल १-१ को बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले लिएको अग्रता अन्तिम समयमा जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो ।
२० औं मिनेटमा श्याम नेपालीको क्रसमा आशिष लामाको हेडरलाई बिबिसीका गोलरक्षक जीवन भट्टराईले नियन्त्रणमा लिए । ४४औं मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई अग्रता दिलाए । आशिषले नवीन लामाको पासमा गरेको हेडिङलाई बिबिसीका गोलरक्षक जीवनले रोक्ने कुनै मौका नै पाएनन् ।
जारी लिगमा उनी नवौं गोल गर्दै लिगको सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका छन् । ५१ औं मिनेटमा आशिषको प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा एपिएफ अग्रता लिनबाट चुक्यो ।
५८ औं मिनेटमा ईसाक ओलाकाजीको पासमा शिशिर लेखीको प्रहार एपिएफका गोलरक्षक अमृत चौधरीले पञ्च गर्दै बचाए । रिवाउन्डमा पदम भट्टराईको हेडिङ पोस्टबाट थोरै बाहिरिदा बिबिसी बराबरीबाट चुक्यो ।
८० औं मिनेटमा प्रविन स्याङ्तानको पासमा आशिषको क्लोज रेन्जबाट गरेको प्रहार बारमा लागेर फर्कदा एपिएफ अग्रता दोब्बर बनाउनबाट चुक्यो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बिबिसीका कप्तान अनिल गुरुङले गोलरक्षकलाई बिट गर्दै गरेको प्रहारलाई एपिएफका डिफेन्डर विरेन्द्र प्रकाश यादवले गोललाईनबाट बचाउदै सम्भावित बराबरी टारे । थप गरिएको तेस्रो मिनेटमा सब्सिच्युट विजय गुरुङले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
यो खेलसँगै ब्रिगेड १३ खेलमा ९ अंक सहित १२ औं स्थानमा छ । एपिएफ १३ खेलमा समान ९ अंकका साथ १३ औं स्थानमा रहेको छ ।त्रिभुवन आर्मी क्लब १२ खेलमा २९ अंक सहित शीर्ष स्थानमा छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]