6 years ago
February 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले जितका साथ कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ । अन्तिम खेलमा च्यासल युथ क्लबलाई २–० ले हराउँदै थ्री स्टारले जितका साथ लिगको बिट मारेको हो ।

थ्री स्टारको जितमा दोसे हाफमा भारतीय खेलाडी लाल रमाविया र अनन्त तामाङले गोल गरेका छन् । यो खेल अघि नै थ्री स्टारले लिगमा कम्तीमा चौथो स्थानमा रहँदै अन्त्य गर्ने पक्का गरेको थियो । च्यासललाई हराएपछि टोली २६ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ ।
तर, नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब आजै हुने अर्को खेलमा विजयी भएको खण्डमा भने थ्री स्टार पुनः चौथो स्थानमा झर्नेछ । थ्री स्टारले १३ खेलमा ८ जित, २ बराबर र ३ खेलमा हार बेहोरेको थियो ।
आफ्नो अन्तिम खेल अघि मनाङको २५ अंक छ । मनाङले आज प्रभु बैंक जाउलाखेल युथ क्लबको सामना गर्दैछ । शनिबार हुने शीर्षस्थानको त्रिभुवन आर्मी क्लब (२९ अंक ) र दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लब (२८ अंक) को खेलले यसपटक लिग उपाधिको छिनोफानो गर्नेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा रमावियाले ७० औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई अघि बढाएका थिए । दिपेश घलेलाई अभिषेक लिम्बुले अनावश्यक फउल गरेपछि निशान खड्काले प्रहार गरेको फ्रिकिकलाई लालले हेडमार्फत गोलमा परिणत गरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अनन्त तामाङले पेनाल्टीमा गोल गर्दै थ्रीस्टारको अग्रतालाई दोब्बर पारे । लालरमावियालाई छिरिङ गुरुङले पेनाल्टी बक्समा लडाएपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो ।

त्यसबाहेक पनि थ्री स्टारले गोलको मौका पाएको थियो । तर सफल भएन । आठौं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्तको हेडरलाई ९० दिनको निलम्बन फुकुवापछि फर्केका दिनेश राजवंशीले गोल लाइनबाट बचाउँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । १४औं मिनेटमा सुशील राईको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो ।
लगत्तै सन्जोक राईको पासमा लाल रमावियाको पेनाल्टी बक्सभित्रको सशक्त प्रहार बाहिरिदा थ्री स्टार पुनः अग्रता लिनबाट चुक्यो । २०औं मिनेटमा थ्री स्टारका सन्जोकले गोल गरेपनि उनी अफसाइड ठहरिए । २३औं मिनेटमा च्यासलका सुनिल बलको प्रहार आकासियो । ३४औं मिनेटमा सुनिलको प्रहारलाई थ्रीस्टारका गोलरक्षक प्रिसोले सहजै नियन्त्रणमा लिए ।
५८औं मिनेटमा अशोक खवासको क्रसमा सुसान श्रेष्ठको हेडर बाहिरियो । ६९औं नितिन थापाको प्रहारलाई प्रिसोले बचाए । ७५औं मिनेटमा लालरमावियाको प्रहारलाई च्यासलका गोलरक्षक एलेन न्यौपानेले दोस्रो प्रयासमा बचाए । अभिषेक लिम्बूले क्लियर गरेको बललाई लालले नियन्त्रणमा लिदै गरेको प्रहारलाई पञ्च गर्दै दोस्रो प्रयासमा बचाए । इन्ज्युरी समयमा सन्जोक राईको प्रहार गोलरक्षक एलेनले बचाए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]