6 years ago
February 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आयल नेपाल मनाङ मर्स्याङ्दी क्लबले कम्तिमा तेस्रो स्थानमा रहँदै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गर्ने भएको छ ।

प्रभु बैंक जावलाखेल युथ क्लबलाई शुक्रबार १-० ले पराजित गर्दै साविक विजेता मनाङले रुस्लान थ्री स्टार क्लबलाई पछि पार्दै कम्तिमा शीर्ष तीन स्थान हासिल गर्ने भएको हो ।
१२अौं मिनेटमा दयानन्द सिंहको प्रहार गोलरक्षक टेकेन्द्र थापाले पोजिसन बाहिर रहेपनि नियन्त्रणमा लिन सफल भए । २७अौं मिनेटमा ड्याडी जुनियर वाम्वाको प्रहारलाई मनाङका गोलरक्षक दिप कार्कीले नियन्त्रणमा लिन नसकेको बललाई विशाल तामाङले प्रहार गरेपनि नियन्त्रणमा लिन सफल भए ।
७५अौं मिनेटमा निशान लिम्बुले गोल गर्दै मनाङलाई अग्रता दिलाए । सुशील लामाको क्रस पासमा निशानले हेडमार्फत गोल गर्न सफल भएका थिए । त्यसअघि जावलाखेलका सुजित बुढाथोकीको प्रहार बारमा लागेर फर्किएको थियो ।
थ्री स्टार आजै च्यासल युथ क्लबलाई २–० ले हराएर केहि समयका लागि तेस्रो स्थानमा उक्लेको थियो । यस नतिजा सँगै १३ खेलमा मनाङले ८ जित , ४ बराबर र १ हारका साथ २८ अंक जोड्यो । समान खेलमा ८ जित , २ बराबर र ३ हार बेहोरेको थ्री स्टारले २६ अंक जोडेको थियो ।
जावलाखेलले पनि शीर्ष ६ मा रहँदै लिगको अन्त्य गरेको छ । जावलाखेल १९ अंकमा रहँदा नेपाल पुलिस क्लब २० अंकसहित पाँचौ स्थानमा रह्यो । लिगको उपाधिका लागि शनिबार हालका शीर्ष दुई क्लब त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्ने छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]