default_image

4 years ago

February 15, 2020

वल्भ्स र लेस्टर बराबर

एजेन्सी – वल्भ्स र लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली वल्भ्स १० खेलाडीमा समेटिएको लेस्टरसिटीसँग रोकिएको हो । बराबरीसँगै लेस्टरले दोस्रो स्थानमा उक्लने मौका गुमउदा वल्भ्सले पनि छैटौं स्थानमा उक्लने अवसर खेर फाल्यो । बराबरीपछि लेस्टर २६ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा वल्भ्स ३६ […]

44 views

0 Bookmark

एजेन्सी – वल्भ्स र लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली वल्भ्स १० खेलाडीमा समेटिएको लेस्टरसिटीसँग रोकिएको हो ।

बराबरीसँगै लेस्टरले दोस्रो स्थानमा उक्लने मौका गुमउदा वल्भ्सले पनि छैटौं स्थानमा उक्लने अवसर खेर फाल्यो । बराबरीपछि लेस्टर २६ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा वल्भ्स ३६ अंक जोडेर सातौ स्थानमा रहेको छ । शीर्षस्थानको लिभरपुलको ७३ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ । दुवैले एक खेल कम खेलेका छन् ।

प्रतिस्पर्धात्मक खेलको शुरुवातमा घरेलु टोलीलाई बल पोजेसनमा दवावमा राखेपनि वल्भ्सले पहिलो पोस्ट आक्रमण बुनेको थियो । १०औं मिनेटमा पेड्रो नेटोले दुई डिफेन्डरलाई बिट गर्दै डिएगो जोटालाई दिएको पासमा उनको प्रहार लेस्टरका गोलरक्षकले बचाए ।

४२औं मिनेटमा जोटाको अर्काे प्रहार बाहिरियो । ४४औं मिनेटमा वल्भ्सका विली वोलीकोले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा घरेलु टोली अग्रता लिनबाट चुक्यो । गोलका लागि बल उपलब्ध गराउने जोटा अफसाइड ठहरिए ।

६०औं मिनेटमा लेस्टरले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई कुनै मतलवै राखेनन् । ७६औं मिनेटमा लेस्टर १० खेलाडीमा समेटियो । लेस्टरका हम्जा चौधरीले अनावश्यक ह्यान्ड गरेपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाउदै उनलाई मैदान बाहिर पठाए । तर, लेस्टर १० खेलाडीमा समेटिएको फाइदा घरेलु टोली वल्भ्सले उठाउन सकेन ।  त्यसपछि पनि थप गोल निस्कन नसक्दा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बने ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.