default_image

6 years ago

February 15, 2020

मछिन्द्र ए डिभिजन लिगको नयाँ च्याम्पियन

331 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सानमिगेल मछिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा  त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो । मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो ।

विकास तामाङको आत्मघाती गोलमा मछिन्द्र विजयी भएको हो । बराबरी गरे पुग्ने अन्तिम खेलमा पराजित भएको त्रिभुवन आर्मी क्लब फेरि लिग च्याम्पियन हुन बाट चुक्यो । १३ खेलमा मछिन्द्रले १० मा जित २ मा बराबरी र १ मा हार सहित ३१ अंक रहँदै शीर्ष स्थानमा रह्यो । आर्मी १३ खेलमा आर्मीले ९ मा जित, समान २ मा हार र बराबरी सहित २९ अंक रहँदै दोस्रो स्थानमा रह्यो ।

नवौं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक आर्मीका गोलरक्षक बिकेश कुथुले सहजै बचाए । १३ औं मिनेटमा कप्तान भरत खवासको कर्नरमा बिकास खवासको हेडर बाहिरियो। २० औं मिनेटमा सुमन अर्यालको क्रस पासमा जर्जप्रिन्स कार्कीको प्रहार फितलो बन्यो । २२ औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा कप्तान भरत खवासको हेडर डिफ्लेक्ट हुँदै बाहिरियो ।

३३ औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । उनको फ्रिकिक विकास तामाङलाई डिफ्लेक्ट हुँदै आत्मघाती गोल भएको थियो । बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाईते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो । खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.