default_image

6 years ago

February 15, 2020

भरत,विशाल र अनन्त आ आफ्नो पोजिसनका उत्कृष्ट

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टारका अनन्त तामाङ कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगकै उत्कृष्ट डिफेन्डर चुनिएका छन् ।

मनाङ मर्स्याङ्दी क्लबका दीप कार्की लिगकै उत्कृष्ट गोलकिपर चुनिए । उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।सानमिगेल मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटवाल उत्कृष्ट प्रशिक्षक चुनिए ।

विशाल राई उत्कृष्ट मिडफिल्डर चुनिदा भरत खवास उत्कृष्ट फरवार्ड चुनिए । एनआटीका दर्शन गुरुग शाह युवा खेलाडी चुनिएका छन् । उनले १ लाख रुपैयाँ प्राप्त गरे । शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको छ ।

१३ खेलमा मछिन्द्रले १० मा जित २ मा बराबरी र १ मा हार सहित ३१ अंक रहँदै शीर्ष स्थानमा रह्यो । आर्मी १३ खेलमा ९ मा जित, समान २ मा हार र बराबरी सहित २९ अंक रहँदै दोस्रो स्थानमा रह्यो ।

लिगका उत्कृष्ट

फेयर प्ले – रुस्लान थ्री स्टार क्लब नगद १ लाख रुपैयाँ

युवा खेलाडी – दर्शन गुरुङ (एनअारटी) १ लाख रुपैयाँ

गोलरक्षक – दिप कार्की (मनाङ) १ लाख ५० हजार रुपैयाँ

डिफेन्डर – अनन्त तामाङ (थ्री स्टार) १ लाख ५० हजार रुपैयाँ

मिडफिल्डर- विशाल राई ‘बी’ (मछिन्द्र) १ लाख ५० हजार रुपैयाँ

फरवार्ड – भरत खवास (आर्मी) १ लाख ५० हजार रुपैयाँ

प्रशिक्षक – प्रवेश कटुवाल (मछिन्द्र) १ लाख ५० हजार रुपैयाँ

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.