default_image

5 years ago

February 15, 2020

नयाँ अनुहार समेट्दै राष्ट्रिय टोलिको प्रारम्भिक छनोट

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक जोहान कालिनले फिफा विश्वकप कतार २०२२ तथा एएफसी एसियन कप चीन २०२३ छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलको लागि प्रारम्भिक छनोटमा ३१ खेलाडीलाई समेटेका छन् ।

राजधानीमा शनिबार सम्पन्न ए डिभिजनमा गरेको प्रदर्शनका आधारमा टोली घोषणा गरिएको हो । यसपटक लिगमा उत्कृष्ट प्रदर्शन गरेका केहि नयाँ अनुहार पनि टोलीमा समेटिएको छ । लिगको उदीयमान खेलाडी एनआरटीका मिडफिल्डर दर्शन गुरुङसँगै उनका सहकर्मी एरिक विष्टले टोलीमा स्थान बनाएका छन् । यी दुईसँगै जावलाखेलका डिफेन्डर दिलेन लोक्तान र मिडफिल्डर पुजन उपरकोटि पनि टोलिमा छन्

डिफेन्डर अमित तामाङले ३ वर्षपछि टोलीमा पुनरागमन गर्दा जर्जप्रिन्स कार्कीले पनि टोलीमा समेटिएका छन् । लिगका सर्वाधिक गोलकर्ता आशीष लामा ३१ सदस्यीय टोलीमा रहँदा यसै साता एन्पाको निलम्बनबाट फुकुवा भएका विमल घर्तीमगर भने टोलिमा छैनन् ‌। विमलसँगै दीनेश राजवंशी र सन्तोष तामाङ टोलीमा परेनन् । अञ्जन भने टोलीमा फर्केका छन् ।

विदेशी लिगमा व्यस्त रहेका कारण रोहित चन्द, किरण चेम्जोङ र अभिषेक रिजाल भने टोलीले उपलब्ध गराएपछि राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुनेछन् ।

नेपालले चैत्र १३ मा चाइनिज ताइपेइ तथा चैत्र १८ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछ । नेपालले विश्वकप छनोटको सुरुवाती ५ खेेलमा १ जितका साथ ३ अंकसहित चौथो स्थानमा छ ।

बन्द प्रशिक्षणमा बोलाईएका ३१ खेलाडी :

गोलरक्षक : विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने

डिफेन्डर : रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकाश खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तन

मिडफिल्डर : विशाल राई ‘बी’, सेसेहाङ आङदेम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट

फरवार्ड : जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र विमल राना

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.