6 years ago
February 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका राष्ट्रिय फुटबल टोलीका स्टार मिडफिल्डर रोहित चन्दले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन सानमिगेल मछिन्द्र क्लबलाई बधाई दिएका छन् । उनले लिग च्याम्पियन मछिन्द्र तथा लिगका विधागत उत्कृष्ट खेलाडीलाई फेसबुक पेजमार्फत बधाई दिएका छन् ।

फाइनल सरह रहेको शनिबारको खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै रोहितको पूर्व क्लब मछिन्द्र लिगको नयाँ च्याम्पियन बनेको थियो । मछिन्द्रले पहिलो पटक लिग जितेको हो । आर्मी भने दोस्रो पटक उपाधिको नजिक पुगेर पनि उपाधि जित्न असफल भएको थियो । यसपटक जस्तै बराबरी गर्दा पुग्ने खेल गुमाउँदा आर्मी उपाधिबाट चुकेको थियो । २०६३ मा बराबरी गरे पुग्ने खेल गुमाउँदा आर्मी च्याम्पियन बन्नबाट चुकेको थियो ।
झन्डै एक दशक देखि विदेशी लिग खेल्दै आएका रोहितले मछिन्द्रबाट ए डिभिजन लिगमा डब्यू गरेका थिए । २०६६/०६७ मा उनी लिगको उत्कृष्ट रक्षक घोषित भएका थिए । अर्को वर्ष तत्कालिन भारतीय .(आई ) लिग टोली एचएएलमा आबद्ध भएका रोहित सन् २०१३ मा इन्डोनेसिया पुगेका थिए ।
२०१५ मा बाहेक उनी लगातार इन्डोनेसियाको लिग टोलीमा आबद्ध छन् । केहि साता अघि मात्र उनले पुनः पर्सिजा जाकार्तासँग दुई वर्षको सम्झौता नविकरण गरेका छन् । २०१८ मा पर्सिजालाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

आजै अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना चाइनिज ताइपे र अष्ट्रेलियाविरुद्ध हुने विश्व कप छनोटका खेलका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन् । रोहित, भारतमा लिग खेल्दै आएका राष्ट्रिय टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ र माल्दिभ्समा रहेका अभिषेक रिजाललाई भने क्लबले छाडेपछि राष्ट्रिय टोलीमा आबद्ध हुने जनाएको छ ।
लिगका उत्कृष्ट
फेयर प्ले – रुस्लान थ्री स्टार क्लब नगद १ लाख रुपैयाँ
युवा खेलाडी – दर्शन गुरुङ (एनआरटी) १ लाख रुपैयाँ
गोलरक्षक – दिप कार्की (मनाङ) १ लाख ५० रुपैयाँ
डिफेन्डर – अनन्त तामाङ (थ्री स्टार) १ लाख ५० रुपैयाँ
मिडफिल्डर- विशाल राई ‘बी’ (मछिन्द्र) १ लाख ५० रुपैयाँ
फरवार्ड – भरत खवास (आर्मी) १ लाख ५० रुपैयाँ
प्रशिक्षक – प्रवेश कटुवाल (मछिन्द्र) १ लाख ५० रुपैयाँ

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]