6 years ago
February 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर महानगरपालिकाले आफ्नो नगरका ए, बी, सी डिभिजन क्लबका ११ क्लबलाई प्रोत्साहन स्वरुप ६० लाख रुपैयाँ प्रदान गरेको छ । ललितपुरले गत वर्षबाट फुटबल विकासमा लागेका क्लबहरुलाई प्रोत्साहन रकम दिन सुरु गरेको हो ।

यसरी प्रोत्साहन रकम पाउने ए डिभजिन क्लबका ५, बी डिभिजनका ४ र सी डिभिजनका २ क्लब छन् ।ललितपुरले वार्षिक रुपमा ए डिभिजनलाई ४ लाख रुपैयाँ प्रोत्साहन रकम दिने घोषणा गरेको थियो । त्यस्तै राष्ट्रिय स्तरको उपाधि जित्दा हरेक उपाधि वापत ४ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
त्यसका आधामा रुस्लान थ्री स्टार क्लबले ३ उपाधि र बार्षिक प्रोत्साहन रकम गरि सर्वाधिक १६ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै दुई उपाधि जितेको च्यासल क्लबले १२ लाख, एउटा उपाधि जितेको प्रभु बैंक जावलाखेल युथ क्लबले ८ लाख तथा दुई एनआईबिएल फ्रेन्ड्स र ब्रिगेड ब्वाइज क्लबले समान ४ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

ललितपुर नगरमा रहेका बी डिभिजनका सातदोबाटो, पुल्चोक, खुमलटार र झम्सिखेलले समान ३ लाख रुपैयाँ प्राप्त गरे । सी डिभिजन क्लब सानेपा र खालीबारीले समान २ लाख रुपैयाँ पाए । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशी, जावलाखेका अध्यक्ष महेन्द्र क्षेत्रीलगायत अन्य क्लबका पदाधिकारीलाई रकम हस्तान्तरण गरेका थिए ।
शनिबार मात्र सम्पन्न कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा ललितपुरका टोलीमध्ये सबैभन्दा राम्रो नतिजा थ्री स्टारले प्राप्त गरेको थियो । थ्री स्टारले चौथोमा रहँदै लिगको अन्त्य गर्यो । जावलाखेल छैटौं, च्यासल नवौं, फ्रेन्ड्स ११ औं र ब्रिगेडले १३ औं स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो ।
प्रोत्साहन रकम पाउने ललितपुरका क्लबहरु
ए डिभिजन
क्लब रकम उपाधि
रुस्लान थ्री स्टार १६ लाख ३
च्यासल युथ क्लब १२ लाख २
प्रभु बैंक जावलाखेल ८ लाख १
एनआईबिएल फ्रेन्ड्स ४ लाख –
ब्रिगेड ब्वाइज ४ लाख –
बी डिभिजन
क्लब रकम
सातदोबाटो ३ लाख
पुल्चोक ३ लाख
खुमलटार ३ लाख
झम्सिखेल ३ लाख
सी डिभिजन
सानेपा २ लाख
खालीबारी २ लाख
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]