6 years ago
February 17, 2020
हिमाल खरेल, बिर्तामोड
सानमिगल मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने झापाली खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्रका झापाली खेलाडीलाई झापा गोल्डकप समितिले पुरस्कृत गर्ने भएको अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।

मच्छिन्द्रबाट खेल्ने छजना खेलाडी झापाका छन् । उनीहरुमध्ये केही झापा ११ फुटबल क्लबका सदस्य पनि हुन् । यो वर्ष लिगमा मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई हराउँदै इतिहास रचेको थियो । मच्छिन्द्रले पहिलोपटक लिगको उपाधि उचालेको हो ।
अध्यक्ष गिरीका अनुसार मच्छिन्द्रका प्रशिक्षक झापाका प्रवेश कटवालसहित खलाडीलाई एक भव्य कार्यक्रमको आयोजना गरेर सम्मान तथा पुरस्कृत गरिनेछ । प्रशिक्षक कटवाललाई नगद २५ हजार रुपैयाँसहित र खलाडीलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिने गिरीले जानकारी दिए ।
झापाका विशाल राई ‘बी’ र योगेश गुरुङ मिल्डफिल्ड, देवेन्द्र तामाङ र विमानप्रसाद राई डिफेन्स, रेजिन सुब्बा र विशाल राई ‘ए’ फरवार्डका रुपमा लिग खेलेका थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]