default_image

4 years ago

February 17, 2020

हिमालयन शेर्पा राइनो कपको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन टोली यति हिमालयन शेर्पा क्लब राइनो कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । वीरगन्ज युथ क्लबलाई सोमबार ५–१ ले सजिलै हराउँदै शेर्पा अन्तिम आठमा पुगेको हो । शेर्पाको जितमा त्रिदेव गुरुङ, सुरज हमाल, विकास राई, स्टेफन आमिर र कप्तान मानबहादुर तामाङले गोल गरेका थिए । १० औं मिनेटमा त्रिदेवको […]

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन टोली यति हिमालयन शेर्पा क्लब राइनो कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । वीरगन्ज युथ क्लबलाई सोमबार ५–१ ले सजिलै हराउँदै शेर्पा अन्तिम आठमा पुगेको हो ।

शेर्पाको जितमा त्रिदेव गुरुङ, सुरज हमाल, विकास राई, स्टेफन आमिर र कप्तान मानबहादुर तामाङले गोल गरेका थिए । १० औं मिनेटमा त्रिदेवको गोलबाट अग्रता लिएको शेर्पाका लागि सुरजले २८ औं मिनेटमा गोल गरेका थिए । विकासले ६० औं मिनेटमा, स्टेफनले ७४ औं र कप्तान मानबहादुरले ७५ औं मिनेटमा गोल गरेका थिए ।

वीरगन्जका लागि कृष्ण शाक्यले ८१ औं मिनेटमा गोल फर्काएका थिए । शेर्पाले अब इन्द्रेणी एकिकृत विकास केन्द्र पोखरा र अभिषेक चर्च नवलपुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इन्द्रेणी र अभिषेक चर्चबीच मंगलबार प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

नवलपरासी मध्यविन्दु ४ को राइनो क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.