default_image

6 years ago

February 18, 2020

लिग च्याम्पियन मछिन्द्रलाई एएफसीको बधाई

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली फुटबल महासंघ (एएफसी) ले कतार एयरवेज सहिद स्मकर ए डिभिजन लिग जित्न सफल भएकोमा सानमिगेल मछिन्द्र क्लबलाई बधाई दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र मंगलबार लेख्दै एएफसीका महासचिव विन्डसर जोनले मचिन्द्रलाई एएफसीका तर्फबाट बधाई दिएका हुन् ।

एएफसीले मछिन्द्रलाई माउने वर्षहरुमा पनि थप सफलताका लागि कामना गर्दै अर्को वर्ष हुने एएफसी क्लब प्रतिस्पर्धामा स्वागत गरेको छ । तर, त्यसका लागि क्लब लाइसनिङको न्यूनत्तम शर्त भने पुरा गर्नुपर्ने उल्लेख गरेको छ । तर, नेपालका कुनै पनि क्लबले अहिले सम्म क्लब लाइसेनिङ प्राप्त गरेका छैनन् ।

त्यस्तै एएफसीले सफलतापूर्वक लिग आयोजना गरेमा एन्फालाई पनि बधाई दिएको छ । एसियामा क्लब फुटबलका लागि योगदान गरेको भन्दै एएफसीले एन्फालाई धन्यवाद पनि दिएको छ ।

एएफसीले लिगका आयोजक, सहभागी क्लब र सम्बन्धित सबैलाई एएफसीले धन्यवाद दिएको छ । शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको थियो ।

 

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.