default_image

4 years ago

February 20, 2020

‘रोड टु एनफिल्ड’ का पाँच भाग्यशाली विजेता घोषणा

काठमाडौं । विश्व प्रख्यात फुटवेयर कम्पनी न्यु ब्यालेन्सको नेपालको आधिकारिक विक्रेता भाट भटेनी होल्डिङ कम्पनीले बिहिबार ‘रोड टु एनफिल्ड’ का पाँच भाग्यशाली विजेता छनोट गरेको छ ।  बिहीबार भएको लक्की ‘ड्र’ बाट पोखराका गुमान सिंह गुरुङ, मोरङका सन्दीप सिवाकोटी, भक्तपुरका कुमार केसी, भक्तपुरका रिबेक मान मानन्धर र बुटवलका राजन आले भाग्यशाली विजेता बन्न सफल भए […]

20 views

0 Bookmark

काठमाडौं । विश्व प्रख्यात फुटवेयर कम्पनी न्यु ब्यालेन्सको नेपालको आधिकारिक विक्रेता भाट भटेनी होल्डिङ कम्पनीले बिहिबार ‘रोड टु एनफिल्ड’ का पाँच भाग्यशाली विजेता छनोट गरेको छ । 

बिहीबार भएको लक्की ‘ड्र’ बाट पोखराका गुमान सिंह गुरुङ, मोरङका सन्दीप सिवाकोटी, भक्तपुरका कुमार केसी, भक्तपुरका रिबेक मान मानन्धर र बुटवलका राजन आले भाग्यशाली विजेता बन्न सफल भए । यि पाँच भाग्यशाली विजेताले लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने क्रिस्टल प्यालेसविरुद्धको खेल हेर्न पाउनेछन् । पाँच विजेताको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छन् ।

‘रोड टु एनफिल्ड’ को विजेताको लक्की ‘ड्र’ नेपाल खेलकुद पत्रकार मञ्चका प्रथम उपाध्यक्ष तथा रुस्लान थ्री स्टारका महासचिव सन्जिव शिल्पकार, फुटबलका १३औं सागका स्वर्णधारी सुजल श्रेष्ठ, क्रिकेटका पूर्व कप्तान पारस खड्का, नेपाली महिला बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, टेनिसकी प्रेरणा कोइराला लगायतले गरेका थिए ।

डिसेम्वर २७ २०१९ देखि फेब्रुअरी १९ सम्म भएको ‘रोड टु एनफिल्ड’ योजनामा ३ सय ३७ जनाको सहभागिता रहेको थियो । न्यु ब्यालेन्सको यो योजनालाई स्टान्डर्ड चार्टड बैंक, कोका कोला (बोटलर्स नेपाल) र रुस्लान एफएम ९५.२ ले साथ दिएको थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.