default_image

4 years ago

March 9, 2020

बार्सिलोना र चेल्सीबीच ओनाना अनुबन्ध गर्ने प्रतिस्पर्धा

59 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब चेल्सी आउदो समर सिजनमा डच क्लब आयाक्स तथा क्यामरुनका गोलरक्षक एन्ड्री ओनाना अनुबन्ध गर्ने दौडमा उभिएको छ । 

क्याटलान क्लब बार्सिलोनाले आफ्नो पहिलो रोजाईका जर्मनीका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन र चेल्सी किपा एरिजाबालगाको विकल्पमा ओनाना अनुबन्ध गर्ने दौडमा जुटेका हुन् । यो सिजन मार्क आन्द्रे टेर स्टेगनले स्पेनिस ला लिगाको २३ खेलमा ६ खेलमा मात्रै क्लिनसिट राख्न सफल भएका छन् ।

यस्तै एरिजावालगाले पहिलो रोजाईमा लगातार मौका पाउन पनि निकै परिश्रम गर्नुपरेको छ । ओनाना बार्सिलोनाको एकेडेमीकै उत्पादन हुन् । उनले बार्सिलोनाको ‘बी’ टिम सम्म मौका पाएका थिए । बार्सिलोनाले ओनानालाई २०१५ मा रिलिज गरेको थियो ।

बार्सिलोनाले गत सिजन नै ओनानालाई अनुबन्ध गर्ने प्रयास गरेपनि उनले प्रस्ताव अस्वीकार गरेका थिए । त्यसपछि बार्सिलोनाले भ्यालेन्सियाका नेटोलाई अनुबन्ध गरेको थियो । ओनानाले अहिले बार्सिलोना जाने सही समय नरहेको र बार्सिलोना आफ्नो घर रहेको र बलियो भन्दा बलियो बनेर मात्रै बार्सिलोना फर्कन सक्ने बताएका थिए ।

यो सिजन ला लिगामा स्टेगनले शीर्षस्थानमा रहेको रियल म्याड्रिडले भन्दा १३ बढी गोल खाएका छन् । त्यसैले पनि बार्सिलोनाले २३ वर्षे ओनानालाई पहिलो प्राथमिकतामा राखेको छ । ओनानालाई बार्सिलोनाले ३५ मिलियन पाउन्डमा प्रस्ताव अघि सार्ने बुझिएको छ । चेल्सीले पनि ओनानालाई जसरी पनि क्लबमा अनुबन्ध गर्न मोटो रकम खर्च गर्न सक्नेछ । एरिजावालगालाई चेल्सीले १८ महिनाअघि ७२ मिलियनमा अनुबन्ध गरेको थियो ।

ओनानाको आयाक्समा २०२२ सम्मको अनुबन्ध रहेको छ । आकर्षक प्रस्ताव आएको खण्डमा आयाक्सले आफ्ना महत्वपुर्ण खेलाडीलाई बेच्न सक्नेछ । आयाक्सले अघिल्लो सिजन अविश्वनीय रुपमा युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गर्दा ओनाना क्लबको महत्वपुर्ण सदस्य रहेका थिए । यस सिजन भने आयाक्सले सोहीअनुरूप प्रदर्शन गर्न सकेन । टोली युरोपा लिगबाट नै बाहिरिसकेको छ ।

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

Success

Thank you for your time.