default_image

4 years ago

February 22, 2020

चेल्सीले टोटेनहमलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको लन्डन डर्बीमा चेल्सीले घरेलु मैदान स्टामफर्ड ब्रिजमा टोटेनहम हट्स्परलाई २-१ ले पराजित गरेको छ । चेल्सीको जितमा ओलिभर जिरुउड र मार्काेस अलन्सोले गोल गरे । टोटेनहमले आत्मघाती गोल उपहार पाएको थियो । चौथो स्थानका लागि प्रतिस्पर्धामा रहेका दुई टोलीबीच भएको खेलमा चेल्सीले अधिकांश समय दवाव कायम गरेको […]

42 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको लन्डन डर्बीमा चेल्सीले घरेलु मैदान स्टामफर्ड ब्रिजमा टोटेनहम हट्स्परलाई २-१ ले पराजित गरेको छ । चेल्सीको जितमा ओलिभर जिरुउड र मार्काेस अलन्सोले गोल गरे । टोटेनहमले आत्मघाती गोल उपहार पाएको थियो ।

चौथो स्थानका लागि प्रतिस्पर्धामा रहेका दुई टोलीबीच भएको खेलमा चेल्सीले अधिकांश समय दवाव कायम गरेको थियो । खेलको १५औं मिनेटमा ओलिभिएर जिरुडको गोलबाट चेल्सीले खेलमा अग्रता बनाएको थियो । जर्जिन्होको पासमा जिरुडको प्रहारलाई टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले बचाएपछि रिबाउन्डमा रोस बार्कलीको प्रहार पोस्टमा लगेर फर्कियो । त्यसै बलमा जिरुडले गोल गर्न सफल भएका थिए ।

२४औं मिनेटमा चेल्सीका अलन्सोको प्रहार पोस्टबाट थोरै बाहिरियो । ३४औं मिनेटमा चेल्सीका कप्तान सिजर एज्पिलिक्वेटाले स्टेभेन वर्गविजिनको प्रहारलाई ब्लक गरिदिए । लगत्तै जियोभानी लो सेल्सोको कर्नरमा डाभिन्सन साञ्चेजको हेडर क्रसबारबाट थोरै बाहिरिदा टोटेनहम बराबरीबाट चुक्यो । लगत्तै टोवी एल्डरवेइरेल्डको प्रहारलाई चेल्सीका गोलरक्षक विलि कावालेरोले बचाए ।

पहिलो हाफको अन्त्यतिर दवावमा आएको चेल्सीले दोस्रो हाफको सुरुमै अग्रता दोब्बर पार्न सफल भयो । ४८औं मिनेटमा रोस बार्कलीको पासमा मार्काेस अलन्सोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । ७४औं मिनेटमा टोटेनहमले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई वास्ता नै गरेनन् । ह्यारी विङ्कसलाई एन्टेनियो रुडिगरले फउल गरेको भन्दै टोटेनहमले पेनाल्टी अपिल गरेको थियो ।

दोस्रो हाफमा पाहुना टोलीलाई पुरै दवावमा राखेको चेल्सीले गोलका केही अवसरहरु खेर फाल्यो । ७९औं मिनेटमा मासन माउन्ट चुके । ८२ औं मिनेटमा मार्काेस अलन्सोको प्रहार क्रसबारमा लागेर फर्कियो । रिवाउन्डमा माटयो कोभासिसले प्रयास गरेपनि सदुपयोग हुन सकेन । ८९औं मिनेटमा एन्टेनियो रुडिगरले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा आयो । इरिक लमेलाको लो क्रसलाई बचाउने क्रममा रुडिगरको प्रहार आफ्नै पोस्टमा गोल उन पुगेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो ।

जितसँगै चेल्सीले तेस्रो स्थानको लेस्टर सिटीसँगको अंक दुरी ६ मा झारेको छ । चौथो स्थानमा रहेको चेल्सीको २७ खेलबाट ४४ अंक पुगेको छ । एक खेल कम खेलेको लेस्टरको ५० अंक छ । पराजित टोटेनहम ४० अंक जोडेर पाँचौ स्थानमा छ । लिभरपुल ७६ अंक जोडेर शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी ५४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.