default_image

4 years ago

February 23, 2020

जेससको गोलमा सिटीको जित

एजेन्सी – सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्राजिली ग्याब्रिएल जेससको एकमात्र गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा झिनो जित निकालेको छ । सिटीले घरेलु टोली लेस्टरमाथि १–० को झिनो जित निकालेको हो । किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६०औं मिनेटमा […]

34 views

0 Bookmark

एजेन्सी – सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्राजिली ग्याब्रिएल जेससको एकमात्र गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा झिनो जित निकालेको छ । सिटीले घरेलु टोली लेस्टरमाथि १–० को झिनो जित निकालेको हो ।

किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६०औं मिनेटमा सिटीले पेनाल्टीको मौका पाएपनि सदुपयोग गर्न नसक्दा सिटी अग्रता लिनबाट चुक्यो ।

इकेए गुन्डोगानको कर्नरमा डेनिस पाएटले जानजान ह्यान्ड गरेपछि भिएआरको सहायतामा सिटीले पेनाल्टी पाएको थियो । तर सर्जियो अगुइरोको पेनाल्टी लेस्टरका गोलरक्षक कास्पर स्माइकलले रोकिदिए ।

८०औं मिनेटमा सब्सिच्युट जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनले रियाल महारेजको पासमा गोल गर्न सफल भएका थिए । जेससले मैदान छिरेको ४ मिनेट भित्र नै गोल गर्न सफल भएका थिए । उनी ७७औं मिनेटमा सर्जियो अगुइरोको स्थानमा मैदानमा प्रवेश गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा जेससको गोल नै सिटीको जितमा निर्णायक बन्यो ।

जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगका अंक दुरी छोट्याउदा तेस्रो स्थानको लेस्टर सिटीसँगको अक दुरी बढाएको छ । २७ खेलबाट ५७ अंक जोडेको सिटी एक खेल कम खेलेको लिभरपुलसँग १९ अंकले पछि छ । तेस्रो स्थानको लेस्टरलाई ७ अंकले पछि पारेको छ । लेस्टरको ५० अंक छ ।

अन्य नतिजा

चेल्सीविरुद्ध टोटेनहम (–१)

बर्नलीविरुद्ध बर्नमाउथ (–०)

क्रिस्टल प्यालेसविरुद्ध न्युक्यासल (–०)

सेफिल्डविरुद्ध ब्राइटन (१–१)

साउथह्याम्पटनविरुद्ध एस्टन भिल्ला (–०)

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.