default_image

6 years ago

February 24, 2020

मनाङ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

117 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब २२ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बेलबारी फुटबल क्लबलाई ४–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।

झापामा आइतबार मात्र सम्पन्न सताक्षी गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको मनाङले सोमबार भने सहज जित हासिल गरेको थियो । मनाङको जितमा दयानन्द सिंहले २ तथा निशान लिम्बु र विमल रानाले गोल गरेका थिए । मनाङ दुवै हाफमा समान २ गोल गरेको थियो ।

खेलको २३ औं मिनेटमा निशानको गोलबाट मनाङले अग्रता बनाएको थियो । अन्जन विष्टको पासमा निशालले गोल गरेका थिए । पहिलो हाफका लागि दुई मिनेट बाँकी रहँदा विमलले गोल गर्दै अन्तरलाई दोब्बर पारे । कप्तान कमल श्रेष्ठको कर्नरलाई अन्जनले हेडमार्फत मिलाइदिएपछि पोष्ट नजिक रहेका विमलले हेडमार्फत गोल गरेका थिए ।

दयानन्दले ५३ औं मिनेटमा गोल गर्दा मनाङ ३–० ले अघि लागेको थियो । ६७ औं मिनेटमा रिबाउन्डमा दायनन्दले अर्को गोल थपे । पेनाल्टी एरियाको ठिक बाहिरबाट अन्जनको फ्रिकिक प्रहारलाई बेलबारीका गोलकिपर अजित प्रजापतिले रोक्ने प्रयास असफल भएपछि रिबाउन्डमा उनले गोल गरेका थिए । धरान फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा मंगलबार अन्तिम क्वार्टरफाइनल खेल हुनेछ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.