default_image

6 years ago

February 24, 2020

स्टारहरु विना आर्मी राइनो कपको फाइनलमा

156 views

0 Bookmark

परासी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब राइनो कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । नवलपुरमा अर्को ‘ए’ डिभिजन क्लब यति हिमालयन शेर्पा क्लबलाई आइतबार ५–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।

आर्मीको जितमा सुदिल राईले ह्याट्रिक गरे भने राजीव गुरुङ र सन्तोष तामाङ समान १ गोल गरे । टोलीका स्टारहरु भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र गोलकिपर विकेश कुथु विा उत्रेको आर्मीका लागि राजीवनले १५ औं मिनेटमा पहिलो गोल गरे ।

सन्तोषले ३० औं र सुदिलले हेडमार्फत गोल गरेपछि आर्मी पहिलो हाफमा ३–० ले अगाडि लागेको थियो । ५१ औं मिनेटमा आर्मीका सुदिलले अर्को गोल थपे । हिमालयनका विजय श्रेष्ठले ५४ औं मिनेटमा गोल फर्काउँदै अन्तर घटाएपनि आर्मीका सुदिलले ८० औं मिनेटमा गोल थप्दै टोलीको जित पक्का गरे भने ह्याट्रिक पुरा गरे ।

आर्मीले साविक विजेता च्यासल युथ क्लब र नेपाल पुलिस क्लबमध्ये एकसँग फाइनल खेल्नेछ । च्यासल र पुलिसबीच मंगलबार प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

 

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.