default_image

4 years ago

February 25, 2020

अभिषेक : एकै वर्षमा ४ फरक क्लब

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय फुटबलमा वर्षको दुईपटक खेलाडी सरुवा (ट्रान्सफर) बजार खुल्ने गर्दछ । वर्षभरि खेलाडी सरुवाको मोलमोलाई चलेपनि दुई (समर र विन्टर) मा मात्रै क्लबले आफुले रोजेको खेलाडी अनुबन्ध गर्न चाहेजति रकम खर्चन सक्नेछ । मुख्य खेलाडीले चोट बोक्दै लामो समय खेल्न नसक्ने भएपछि इमरजेन्सी भएको अवस्थामा मात्रै त्यो पनि देश भित्रको लिग […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय फुटबलमा वर्षको दुईपटक खेलाडी सरुवा (ट्रान्सफर) बजार खुल्ने गर्दछ । वर्षभरि खेलाडी सरुवाको मोलमोलाई चलेपनि दुई (समर र विन्टर) मा मात्रै क्लबले आफुले रोजेको खेलाडी अनुबन्ध गर्न चाहेजति रकम खर्चन सक्नेछ ।

मुख्य खेलाडीले चोट बोक्दै लामो समय खेल्न नसक्ने भएपछि इमरजेन्सी भएको अवस्थामा मात्रै त्यो पनि देश भित्रको लिग खेलिरहेको एक खेलाडी मात्रै अनुबन्ध गर्न पाउने चलन छ । यो स्पेनमा मात्रै छ । लेगानेसका मार्टिन ब्रेथवेटलाई यही आकस्मिक अवस्थालाई क्याटलान क्लब बार्सिलोनाले समर र वन्टर सिजन सकिएपछि सदुपयोग गरेको थियो । उनले बार्सिलोनाबट डेब्यु गरेको खेलमै एक असिस्ट दिएका थिए । यि अन्तर्राष्ट्रिय फुटबलका कुरा ।

अब नेपालको कुरा गरौं । नेपाली फुटबलको खेलाडी सरुवा बजार कस्तो हुन्छ । त्यो भन्न सकिने अवस्था छैन । भर्खरै घरेलु फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएको छ । मोफसफलको गोल्डकप समेत सुरु भइसकेको छ । नेपालमा क्लबले खेलाडीहरुलाई लिग र मोफसलसम्मको लागि अनुबन्ध गर्न चलन छ । जुन करिव ७ महिना जतिका हुन आउँछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगलाई लक्षित गर्दै कम्तीमा १८ र बढीमा ४० खेलाडी क्लबमा दर्ता गर्न पाउने नियम बनाएको छ । लिगका लागि खेलाडी दर्ताको समयसीमा समेत तोकेको थियो । तर, क्लबहरुले तोकिएको मितिमा न्युनतम १८ खेलाडी दर्ता गर्दै बाँकी खेलाडीलाई लिग चलिरहँदा अनुबन्ध गर्दै खेलायो । विदेशीको हकमा वर्क परमिटको कारण केही खुकुलो बन्यो ।

यसवर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग यसरी नै बित्यो । लिग च्याम्पियन सान मिगेल मछिन्द्र क्लबका अभिषेक रिजाल लिग खेल्दा खेल्दै माल्दिभ्सको दोस्रो श्रेणीको लिग तिर लागे । ९० दिनको प्रतिबन्ध पुरा गर्दै नेपाली स्टार विमल घर्तीमगर लिगको अन्तिम खेलमा मात्र मछिन्द्रको जर्सीमा उत्रदै च्याम्पियन बन्न सफल भए ।

खेलाडी अनुबन्धको स्पष्ट मापदण्ड नहुदा एक खेलाडीले एक सिजनमा तीन भन्दा बढी क्लबबाट खेल्ने मौका पाए । यो सिजन मछिन्द्रमा अनुबन्ध भएका फरवार्ड अभिषेक रिजालले सिजन बाँकी रहँदै तीन क्लबबाट खेल्न भ्याइसकेका छन् । लिग दौरान नै मछिन्द्रसँगको सम्झौता रद्ध गर्दै अभिषेक माल्दिभ्सको दोस्रो श्रेणीको लिगका लागि जेजे स्पोर्ट्समा अनुबन्धित भए । त्यहाँको लिग सकिए लगत्तै उनी मनाङमा आबद्ध भए । उनले मनाङबाट २२औं बुढासुब्बा गोल्डकपसमेत खेलिसकेका छन् ।

पछिल्लो एक वर्षमा अभिषेकको यो चौथो क्लब बन्दा उनी पाँचौ सरुवामा परे । गत सिजन लिग र केही गोल्डकप विभागीय नेपाल पुलिस क्लबबाट खेलेका अभिषेक त्यसपछि लोनमा एएफसी कपका लागि मनाङमा अनुबन्ध भएका थिए । एएफसी क्लब च्याम्पियनसिपपछि मनाङका ७ खेलाडीले क्लब छाड्दा उनी पनि त्यसमा रहँदै मछिन्द्रमा आबद्ध हुन पुगेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.