default_image

6 years ago

February 25, 2020

मछिन्द्रको सेमिफाइनल यात्रामा विमलको ह्याट्रिक

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सताक्षी गोल्ड कप जितेको दुई दिन पछि नै सानमिगेल मछिन्द्र क्लब बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

धरान रंगशालामा भारत कोलकात्ताको सन्डे क्लब एफसीसलाई ६–१ को फराकिलो अन्तरले हराउँदै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र अन्तिम चारमा पुगेको हो । मछिन्द्रको जितमा विमलले ह्याट्रिक गरेका थिए । विशाल राई ‘बी’ले २ तथा रेजिन सुब्बाले १ गोल गरे ।

पहिलो हाफमा सुरुवाती गोल गरेका विमलले खेलको अन्त्य तिर २ गोल थपेका थिए । विमलले २० औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए । २८ औं मिनेटमा विशालले गोल गर्दा मछिन्द्र पहिलो हाफमा २–० ले अघि लागेको थियो ।

दोस्रो हाफमा मछिन्द्रले ४ गोल थप्यो । रेजिनले ४९ औं निेटमा गोल थरे भने विशालले ७४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । विशलले ८० औं मिनेटमा दोस्रो गोल तथा टोलीका लागि पाँचौं गोल गरे । भारतीय क्लबका लागि सञ्जिव बौरीले ८३ औं मिनेटमा गोल गरेका थिए । विमलले खेल सकिन ३ मिनेट बाँकी रहँदा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरे ।

मछिन्द्रले अब नेपाल पुलिस क्लब सँग बिहीबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । धरान फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब र युेकेएफसीबीच प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.