default_image

6 years ago

February 25, 2020

पुलिस राइनो कपको फाइनलमा

198 views

0 Bookmark

परासी (हाम्रो खेलकुद)– पाँचौ राइनो कप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

ए डिभिजन प्रतिद्वन्द्वि च्यासल युथ क्लबलाई २–० ले हराउँदै पुलिसले आर्मी सँगको भेट पक्का गरेको हो । गतवर्ष च्यासलले यसै प्रतियोगिताको उपाधि जितेको थियो । त्यसबेला फाइनलमा पुलिसलाई टाइब्रेकरमा हराएको च्यासल यसपटक सेमिफाइनलमा रोकियो ।

पुलिस क्लबलाई जित दिलाउन दुवै गोल बुद्ध तामाङले गरे । पहिलो गोल ५३ औं मिनेटमा गरेका उनले ७८ औं मिनेटमा गरेका थिए । बुद्ध खेलको म्यान दि म्याच घोषित भएका थिए ।

आर्मीले यसअघि नै यति हिमालयन शेर्पालाई हराउँदै फाइनलमा पुगेको थियो । पुलिस र आर्मीबीचको खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.