default_image

6 years ago

February 26, 2020

खेल मिलेमतोको अभियोगमा दीपेशलाई प्रतिबन्ध

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– खेल मिलेमतोको अभियोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठलाई २ वर्षको प्रतिबन्ध लगाउनुको साथै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

एन्फाले खेल मिलेमतोको अभियोगनमा कुनै पनि खेलाडीलाई कारवाही गरेको यो पहिलो पटक हो । एन्फाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता नियमावली विपरित कार्य गरेकोले अनुशासन समितिको बैठकले कारवाही गरेको उल्लेख गरेको छ । लिगको ५९ औं खेल यति हिमालयन शेर्पा क्लबविरुद्धको खेलका लागि दीपेशले खेल मिलेतोको प्रस्ताव गरेको आशंकामा एन्फाले दीपेशलाई अन्तिम ३ खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो ।

सोही घटनामा एन्फाले हिमालयन शेर्पाका व्यवस्थापक विजेन्द्र पुडासैनीलाई ३ महिनाको प्रतिबन्ध लगाउनुका साथै ३० हजार रुपैयाँ जरिवाना तोकेको छ । त्यस्तो शेर्पाकै गोलकिपर प्रशिक्षक मिन बस्नेतलाई एक पटकलाई सुध्रने मौका दिइ कडा चेतवानी दिइएको एन्फाले विज्ञप्तीमा उल्लेख छ ।

दीपेश हाल एन्फाको स्वीकृति प्राप्त चौथो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिमबाट खेलिरहेका छन् । उनले आजको मितिबाट २ वर्षसम्म एन्फाको आयोजना र स्वीकृतिमा हुने प्रतियोगितामा खेल्ने छैनन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.