default_image

6 years ago

February 26, 2020

आर्मी राइनो गोल्डकपको च्याम्पियन

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले राइनो कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई बुधबार १–० ले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

नवलपुरको मध्यविन्दु रंगशालामा सुदिल राईले सातौं मिनेटमा गरेको गोलनै खेलको निर्णायक बनेको थियो । यता फाइनल खेल्दै गरेको पुलिसको अर्को टोली धरानमा जारी बुढासुब्बा गोल्डकपमा पनि सेमिफाइनल पुगेको छ । बुढासुब्बामा पुलिसले बिहीबार फाइनल प्रवेशका लागि लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबको सामना गर्नेछ ।

आर्मी भने झापाको झिलझिलेमा आइतबार सम्पन्न सताक्षी गोल्डकपको सेमिफाइनलमा मछिन्द्रसँग नै पराजित भएको थियो । फाइनलनमा रुस्लान थ्री स्टार क्लबलाई हराउँदै मछिन्द्रले सताक्षी गोल्डकप जितेको थियो । अर्को ए डिभिजन टोली यति हिमालयन शेर्पालाई ५–१ ले हराउँदै आर्मी अन्तिम दुईमा पुगेको थियो ।

पुलिसले भने मंगलबार मात्र साविक विजेता च्यासल युथ क्लबलाई २–० ले निराश पार्दै उपाधि नजिक पुगेको थियो । पुलिस सेमिफाइनल जितेको २४ घन्टा नबित्दै फाइनल खेलेको हो । राइनो कपको विजेता आर्मीले १० लाख र दोस्रो पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.