default_image

6 years ago

February 27, 2020

रियलको हारमा रामोसलाई रातो कार्ड

195 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगको खेलमा रियल म्याड्रिड इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग २-१ ले पराजित भएको छ ।

घरेलु मैदान सान्टीयागो बर्नाबाउमा रियलले सुरुवाती अग्रता लिनुका बाबजुद पनि हारको सामना गर्नुपरेको हो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ६० अौं मिनेटमा इस्कोले गोल गर्दै रियललाई अगाडि बढाए । उनले भिनिसियस जुनियरको पासलाई सदुपयोग गरेका थिए ।

तर ५ मिनेटको अन्तरमा दुई गोल फर्काउँदै सिटीले अवे मैदानमा महत्त्वपुर्ण अग्रता लियो । ७८ अौं मिनेटमा केभीन डे ब्रुयनको पासमा ग्याब्रिएल जेससले गोल गर्दै खेल बराबरीमा ल्याए ‌। त्यसको ५ मिनेटमा नै सिटीले पेनाल्टीको अवसर पायो । ड्यानी कार्भाजलले रहीम स्टरलिङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । डे ब्रुयनले पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

खेलको ५ मिनेट समय बाँकी रहँदा रियल थप समस्यामा पर्यो । कप्तान रामोसले जेससलाई लडाएपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए । यससँगै रामोसले दोस्रो लेगको खेल पनि गुमाउने छन् । दोस्रो लेग मार्च १७ मा सिटीको मैदान इतिहादमा हुनेछ ।

सिटीले च्याम्पियन्स लिगमा रियललाई हराएको यो नै पहिलो अवसर हो । अब दोस्रो लेगमा कम्तिमा बराबरी अथवा १-० ले पराजित भएपनि सिटी क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

यो पनि पढ्नुहोस् : युभेन्टस लियोनसँग स्तब्ध

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.