6 years ago
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एकै दिन दुई वटा नकआउट प्रतियोगितामा भाग लिइरहेको नेपाल पुलिस क्लब सर्वाधिक पुरस्कार राशीको नेपाल आइस चौथो खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

अर्को विभागिय टोली नेपाल एपिएफ क्लबसँग टाइब्रेकरमा ४–३ ले पराजित हुँदै पुलिस खप्तडबाट बाहिरिएको हो । एपिएफ भने प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
बिहीबार नै पुलिसको पहिलो रोजाईको टोली लिग च्याम्पियन सानमिगल मछिन्द्रविरुद्ध धरानमा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेको छ ।
धनगढीमा रंगशालामा भएको खेलको नियमित समय गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा साविक विजेता पुलिस बाहरिएको हो ।
टाइब्रेकरमा पुलिसका सौजन राई याक्खा, तेज तामाङ र बुद्धबल तामाङ गोल गर्न सफल भएका थिए । एपिएफका लागि सुदीप शिख्रकार, आशिष लामा, प्रविण स्याङ्तान र दीनेश राजवंशीले गोल गरे ।
सुदूरपश्चिम ११ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले २१ लाख १ हजार र दोस्रो हुने टोलीले १० लाख १ हजार रुपैयाँ प्राप्तगर्नेछ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]