default_image

6 years ago

February 27, 2020

मछिन्द्रलाई हराउँदै पुलिस बुढासुब्बाको फाइनलमा

182 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– एकै दिन दुई वटा नकआउट फुटबल प्रतियोगिताको महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गरिरहेको नेपाल पुलिस क्लबले मिश्रित नतिजा निकालेको छ ।

सर्वाधिक पुरस्कार राशीको नेपाल आइस चौथो सुदूरपश्चिम खप्तड गोल्ड कपमा अर्को विभागिय टोली नेपाल एपिफएफ क्लबसँग निराश भएको पुलिस त्यसैदिन धरानमा भने ए डिभिजन लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबलाई सडन डेथमा स्तब्ध पार्न सफल भएको छ ।

फागुन ३ गते लिग जितेर पूर्व यात्रामा निस्केको मछिन्द्रले आइतबार मात्र सताक्षी गोल्डकपको उपाधि जितेको थियो । त्यसको चार दिनपछि धरान रंगशालामा टोली पुलिस क्लबसँग सडन डेथमा निराश भएको छ । पुलिस ५–४ ले विजयी हुँदै उपाधि नजिक पुगेको छ ।

सडन डेथमा कपिल ढकालको गोल निर्णायक बनेको थियो । त्यसमा मछिन्द्रका विराज महर्जन गोल गर्नबाट चुकेका थिए । टाइब्रेकरमा पुलिसका लागि भोला सिलवाल, जुमानु राई, पदम भद्रा, तीर्थ राना मगरले गोल गरे । सुमन सुवेदी गोल गर्नबाट चुकेको थिए ।

टाइब्रेकरमा मछिन्द्रका देवेन्द्र तामाङ, रञ्जित धिमाल, विमल घर्तीमगर, विजय धिमालले गोल गरे । विशाल राई भने गोल गर्नबाट चुकेका थिए ।

शनिबार हुने फाइनलमा पुलिसले नेपाल आयल निगम मनाङ मस्र्याङ क्लबको सामना गर्नेछ । पुलिस बुढासुब्बाको सबै भन्दा बढी ५ पटक उपाधि जित्ने टोली पनि हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको हो ।

उता धनगढीमा भने साविक विजेता समेत रहेको पुलिस टोली एपिएफसँग टाइब्रेकरमै ४–३ ले निराश भएको थियो ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.