default_image

6 years ago

February 28, 2020

ग्यान्टोक हराउँदै आयोजक माइभ्याली क्वार्टरफाइनलमा

152 views

0 Bookmark

दिपक बोहोरा,इलाम

आयोजक टोली माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पूर्वी पहाडको प्रतिष्ठित प्रतियोगितामा शुक्रबार भारत सिक्किमको ग्यान्टो फुटबल क्लबलाई २–० ले हराउँदै आयोजक अन्तिम आठमा पुगेको हो।


इलामको ठूलो टुँडिखेलमा भएको खेलमा टोलीलाई जित दिलाउन दुवै गोल विदेशी खेलाडी जोर्डन ओबानाले गरे । सेमिफाइनल प्रवेशका लागि आयोजक टोलीले भारतको मोहम्मडम फुटबल क्लब कोलकाताको सामना गर्नेछ ।

जोर्डनले पाँचौ मिनेटमै गोल गर्दै आयोजकलाई सुरुवता अग्रता दिलाएका थिए । उनले अर्को गोल इन्ज्युरी समयमा गरेका थिए । दोस्रो हाफमा निकै आक्रमक खेल खेलेको सिक्कमले विना गोल पहिलो खेलबाटै बाहिरिएको छ । विजेता टोलीका उमेश लेखी खेलको म्यान अफ दी म्याच घोषित भए ।

लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । माइ भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा शनिबारदेखि क्वार्टरफाइनल खेल सुरु हुनेछ । फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्न गर्नेछ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.