6 years ago
February 28, 2020
धनगढी (हाम्रो खेलकुद)– गोलकिपर टेकेन्द्र थापाले उच्च प्रदर्शन गरेपछि ए डिभिजन टोली यति हिमालयन शेर्पा क्लब घरेलु नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशीको नेपाल आइस चौथो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

शेर्पाले अब फाइनल प्रवेशका लागि अर्को ए डिभिजन टोली रुस्लान थ्री स्टार क्लबको सामना गर्नेछ । धनगढी रंगशालामा शुक्रबार रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै शेर्पा अन्तिम चारमा पुगेको हो ।
टाइब्रेकरमा गोलकिपर टेकेन्द्रले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको पेनाल्टी रोक्दै टोलीको अघिल्लो चरण यात्रा निश्चित गरेका थिए ।

शेर्पाका लागि विकास राई, भिषन गुरुङ, दिवस उराउ, उर्चिल सिवाई र आशिष गुरुङले गोल गरे । गोर्खा ब्वाइजका उत्तम गुरुङ, रुपबहादुर लामा, अनिष तामाङ र हरि कठायतले मात्र गोल गरे ।
आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब र नेपाल एपिएफ क्लबबीच शनिबार पहिलो सेमिफाइनल हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख १ हजार र दोस्रो हुने टोलीले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]