6 years ago
February 29, 2020
धरान (हाम्रो खेलकुद)– नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत फाइनलको पहिलो हाफमा १–० को अग्रता लिएको छ ।

अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लबविरुद्धको फाइनलमा मनाङ अग्रता लिन सफल भएको हो । खेलेको ११ औं मिनेटमा दयानन्द सिंहको गोलमा मनाङले अग्रता लिएको हो ।
रक्षक सुमन सुवेदी र गोलकिपर सञ्जिव श्रेष्ठको तालमेल अभावमा मनाङ अग्रता लिन सफल भएको हो । सुमनको ब्याक पासमा आएको बललाई सञ्जिवले अघि बढाउन ढिलाई गरेपछि त्यहि बल खोस्दै दयानन्दले गोल गरेका हुन् ।
जारी प्रतियोगितामा दायानन्दको यो चौथो गोल हो । सर्वाधिक सफल टोली मध्येको एक पुलिसले बुढासुब्बाको फाइनलमा अहिले सम्म मनाङलाई हराउन सकेको छैन । यसअघि दुवै भेटमा मनाङ नै विजयी भएको थियो । पुलिस छैटौं र मनाङ चौथो उपाधिका लागि प्रयासरत छन् ।
धरान फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । १० गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]