6 years ago
February 29, 2020
धनगढी (हाम्रो खेलकुद)– आयोजक सुदूरपश्चिम ११ स्पोर्टस् क्लब नेपाल आयस चौथो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

धनगढी रंगशालामा शनिबार नेपाल एपिएफ क्लबलाई २–१ ले हराउँदै आयोजक टोली सर्वाधिक पुरस्कार राशीको खप्तडको उपाधि नजिक पुगेको हो । पहिलो पटक आयोजक टोली फाइनल पुग्न सफल भएको छ ।
खेलको तीनै गोल पहिलो हाफमा भएको थियो । आयोजक टोलीका लागि दुवै गोल दीपेन्द्र सिंह ठकुरीले गरे । एपिएफका लागि भने लिगका सर्वाधिक गोलकर्ता आशिष लामाले गोल फर्काएका थिए ।

आयोजक टोलीले फाइनलमा रुस्लान थ्री स्टार क्लब र यति हिमालयन शेर्पा क्लबबीचको विजेतासँग खेल्ने छ । थ्री स्टार र शेर्पाबीच आइतबार प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले २१ लाख १ हजार र दोस्रो हुने टोलीले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]