6 years ago
February 29, 2020
धरान (हाम्रो खेलकुद)– नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले २२ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै मनाङ चौथो पटक बुढासुब्बा गोल्ड कप जित्न सफल भएको हो ।

योसँगै मनाङ तीनै पटकको फाइनलमा पुलिसलाई हराउन सफल भएको छ । यस महिना सम्पन्न लिगमा पनि मनाङले पुलिसलाई २–० ले हराएको थियो ।
मनाङको जितमा दयानन्द सिंह, निशान लिम्बु र विमल रानाले गोल गरेका थिए । पुलिसका लागि भोला सिलवालले पेनाल्टीमा गोल फर्काएका थिए ।
धरान रंगशालामा शनिबार दयानन्द सिंहको गोलबाट मनाङले अग्रता लिएको थियो । उनले ११ औं मिनेटमा अग्रता लिएको थियो । रक्षक सुमन सुवेदी र गोलकिपर सञ्जिव श्रेष्ठको तालमेल अभावमा मनाङ अग्रता लिन सफल भएको हो ।
सुमनको ब्याक पासमा आएको बललाई सञ्जिवले अघि बढाउन ढिलाई गरेपछि त्यहि बल खोस्दै दयानन्दले गोल गरेका हुन् । बुढासुब्बामा प्रतियोगितामा दायानन्दको यो चौथो गोल हो । ५० औं मिनेटमा निशानले गोल थपे ।
भोलाले ६५ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । पेनाल्टी एरियामा जुमानु राईलाई मनाङका खेलाडीले लडाएपछि पुलिसले पेनाल्टी पाएको थियो । ६ मिनेटको इन्ज्युरी समयमा विमलले गोल गर्दै मनाङको जित निश्चित गरेका थिए ।
उपाधिसहित मनाङले १० लाख र पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]