6 years ago
March 1, 2020
एजेन्सी – स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीविनै जर्मन क्लब बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । बायर्नले घरेलु टोली होफेनहाइनमाथि ६–० को सानदार जित निकालेको हो ।

लेवान्डोस्कीविनै बायर्नको फराकिलो जितमा ब्राजिली प्लेमेकर फिलिपे कौटिन्होले दुई तथा सर्जी जिनाब्री, जोसुवा किम्मिच, जोसुवा जिर्कजी र लियोन गोरेट्काले गोल गरे । लेवान्डोस्कीले चेल्सीविरुद्धको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा ३–० को जित निकाल्दा चोट बोकेका थिए । उनी करिव ४ साता मैदान बाहिर रहनेछ ।

गोलको वर्षा भएको खेलमा बायर्नले पहिलो हाफकै ४–० को अग्रता बनाएको थियो । खेलको पहिलो मिनेटमा नै थोमस मुलरको पासमा सर्जी जिनाब्रीको गोलबाट बायर्नले खेलमा अग्रता बनाएको थियो । सातौ मिनेटमा जोसुवा किम्मिचले बायर्नको अग्रता दोब्बर बनायो ।
१५औं मिनेटमा जोसुवा जिर्कजीले गोल गरेपछि बायर्नले खेलमा ३–० को अग्रता लिन सफल भएको थियो । ३३औं मिनेटमा फिलिपे कौटिन्होले गोल गरेपछि बायर्नले पहिलो हाफमा ४–० को आरामदायी अग्रता बनाएको थियो । ४७औं मिनेटमा कौटिन्होले व्यक्तिग दोस्रो गोल गरेपछि बायर्न फराकिलो जिततर्फ अग्रसर बन्यो । ६२औं मिनेटमा लियोन गोरेट्काले गोल गर्दै बायर्नलाई आधा दर्जन गोलको सानदार जित दिलाए ।

खेल सकिन १५ मिनेट बाँकी रहँदा बायर्नका समर्थकले होफेनहाइनका मालिक डाइटमार होपको विरोधमा ब्यानर प्रदर्शन गरेपछि खेल झन्डै १५ मिनेट रोकिएको थियो । यसक्रममा बायर्नका अफिसियल र खेलाडीहरुले ब्यानर हटाउन निर्देशन र प्रयास गरेपछि खेल सुचारु भएको थियो । खेलाडीहरुले अन्तिम १५ मिनेट एक आपसमा पास खेल्दै खेल सकाएका थिए ।म्यानुयल बर्थले यो घट्ना बुन्डेस लिगा र जर्मन फुटबलमा खराव सदन रहेको बताएका छन् ।

जितसँगै बायर्नले बुन्डेस लिगाको उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । शीर्षस्थानमा रहेको बायर्नको २४ खेलबाट ५२ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको आरबी लाइप्जिगको ४९ अंक छ । पराजित होफेनहाइन ३४ अंक जोडेर आठौं स्थानमा छ ।

अर्काे खेलमा इंग्लिस युवा स्टार जाडोन सान्चोको एकमात्र गोलमा बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा झिनो जित निकालेको छ । डर्टमन्डले फ्रेइवर्गमाथि १–० को झिनो जित निकालेको छ ।
जितसँगै डर्टमन्डले दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगसँगको अंक बराबरी गरेको छ । डर्टमन्डको २४ खेलबाट ४८ अंक पुगेको छ । एक खेल कम खेलेको आरबी लाइप्जिगको पनि ४८ अंक नै छ । शीर्षस्थानको बायर्न म्युनिखको ५२ अंक छ ।

सिग्नल इडुना पार्कमा घरेलु टोलीले खेलको १५औं मिनेटमा अग्रता बनाएको थियो । थोगर्न हजार्डको पासमा सान्चोले गोल गर्न सफल भएका थिए । त्यसपछि पनि दुवै टोलीले गोलको केही अवसर खेर फाल्दा डर्टमन्ड १–० ले विजयी हुन सफल भयो ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]