6 years ago
March 1, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । रेलिगेसन जोनमा संघर्ष गरिरहेको वाटफोर्डसँग ३–० ल पराजित भएसँगै प्रिमियर लिगमा लिभरपुलको २७ खेलसम्मको अपराजित यात्रामा पुर्णविराम लागेको हो ।

लिभरपुलले यसअघि २६ खेलमा जित तथा १ खेलमा बराबरीको नतिजा निकालेको थियो । यो हारसँगै लिभरपुलले उपाधिको लागि अझै पर्खनुपर्ने भएको छ । जितसँगै वाटफोर्डले रेलिगसन जोन छाडेपनि रेलिगेसनका जोनको टोलीसाग अंक बराबरी छ । लिभरपुल २८ खेलबाट ७९ अंक जोडेर शीर्षस्थानमा रहँदा वाटफोर्ड २७ अंकसहित १७औं स्थानमा छ ।

घरेलु टोलीलाई खेलभर नै दवावमा राखेपनि लिभरपुलले सबै तीन गोल दोस्रो हाफमा बेहोरेको थियो । प्रिमियर लिगमा लिभरपुललाई पहिलो हार चखाउन इस्माइला सारले दुई तथा ट्रोए डेनीले गोल गरे ।

सारले खेलको ५४औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएक थिए । उनले नै ६०औं मिनेटमा गोल गरेपछि लिभरपुल खेलमा २–० ले पछि परेको थियो । ७२औं मिनेटमा ट्रोए डेनीले गोल गर्दै लिभरपुललाई ३–० ले स्तब्ध पारे ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]