default_image

5 years ago

March 2, 2020

खप्तड गोल्डकप फाइनल – थ्री स्टारलाई सुदूरपश्चिम-११ को चुनौती

101 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)-  मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको फाइनल  मंगलबार हुँदैछ ।

धनगढी रंगशालामा हुने फाइनलमा खेलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब र रुस्लान थ्री स्टार क्लब प्रतिस्पर्धा गर्नेछन् । थ्री स्टार लगातार दोस्रो पटक फाइनल पुगेको हो भने आयोजक सुदुरपश्चिम–११ पहिलो पटक अन्तिम दुईमा पुगेको हो । दुवै टोली  खप्तड गोल्डकपको नयाँ च्याम्पियन टिम बन्ने लक्ष्य सहित मैदान उत्रने छन् ।

सोमबार आयोजना भएको प्रि म्याच कन्फरेन्समा दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् । सहिद स्मारक ’ए’ डिभिजन लिगमा चौंथो भएको थ्री स्टार औसत खेल र खेलाडीको बाबजुत घरेलु टिमलाई निराश बनाउने योजनामा छ ।

‘फाइनल खेल फाइनलनै हुनेछ । दुवै टिमलाई उत्तिकै गाह्रो  पनि । फाइनल खेल ५०–५० को हो । दुवै टिम युवा खेलाडीले भरिएको छ । जसले मौका बनायो । मेहनत ग¥यो उसैले जित्ने हो,’ थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने ,  ‘हामी हाम्रो तर्फबाट एकदमै मेहनत गर्नेछौं ।’ प्रतियोगिताको दुई खेल खेलेको थ्री स्टारले सत प्रतिशत जित निकालेको छ । दुई खेलमा ३ गोल गरेको उसले कुनै गोल खाएको छैन । झापामा भएको सताक्षी गोल्डकपको फाइनलमा मछिन्द्र फुटबल क्लबसँग पराजित थ्री स्टारले सुदूरपश्चिम–११ लाई कमजोर आक्ने छैन ।

यता, पहिलो पटक घरेलु दर्शक माझ फाइनल पुगेर नयाँ इतिहास बनाएको आयोजक सुदूरपश्चिम–११ थ्री स्टारलाई पराजित गर्दै इतिहास बनाउने दाउमा रहनेछ । नयाँ इतिहास रच्न आयोजक टिमलाई १२ औं खेलाडीको रुपमा घरेलु समर्थकको राम्रो साथ रहनेछ । आयोजक सुदूरपश्चिमका प्रशिक्षक रोहित भण्डारी घरेलु दर्शकमाझ आफ्ना अनुभवी र युवा खेलाडीले नयाँ इतिहास रच्ने बताए ।

‘फाइनल खेल हामीलाई गाह्रो पर्छ । थ्री स्टार राम्रो टिम हो । हाम्रो खेलाडीमा अनुभव छ । मनोबल पनि उच्च छ । घरेलु दर्शको राम्रो साथ रहनेछ,’ प्रशिक्षक भण्डारीले भने–‘खेलमा जसले गोल ग¥यो त्यसैले जित्ने हो । हामी बल पोजिसन भन्दा पनि गोल गर्न खेल्छौं ।’ प्रतियोगितामा २ खेल खेलको आयोजक टिमले ६ गोल गर्दा ३ गोल खाएको छ । टिमका खेलाडीबीच तालमेल नमिल्दा सुदुरपश्चिमले गोल खादै आएको छ । जसलाई सुधार गरे आयोजक टिमले नयाँ इतिहास राख्ने पक्का छ ।

प्रतियोगितामा सर्वाधिक ४ गोल गरिसकेको आयोजकका विक्रम सिंह ठकुरी थ्री स्टार विरुद्ध मुख्य हतियार रहनेछन् । यस्तै सुदूरपश्चिम–११ क कप्तान गजेन्द्र शाही र थ्री स्टारका कप्तान विक्रम लामाले पहिलो पटक टिमले उपाधि जित्नेमा आफुहरु ढुक्क रहेको बताए ।

सुदुरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार प्रदान गरिने छ ।
प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजार पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाईरहेका छन् भने एक/एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन् । वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिईरहेको छ ।

नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ । यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट र टिकट पाटर्नरमा स्टेपिङ स्टाने स्कुल रहेको छ । सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।

खप्तड गोल्डकपको ईतिहास

पहिलो संस्करण २०७३

भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ मा ए डिभिजन क्लव मनाङ मस्याङ्दी च्याम्पीयन बनेको थियो । धनगढी रंगशालामा मनाङले काठमाण्डौको अर्को क्लव संकटालाई १–० ले किनारा लगाएर नगद ५ लाख सहित ट्रफी र प्रमाण हात पारेको थियो । उपविजेता बनेको संकटाले दुई लाख ५० हजार सहित सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गरेको थियो ।
२०७३ सालको गोल्डकपको उत्कृष्ट खेलाडी मनाङका कप्तान अनिल गुरुङ भएका थिए । उत्कृष्ट खेलाडी वनेका उनले यमाहा मोटरसाईकल हात पारेका थिए । पहिलो संस्करणको गोल्डकपमा संकटाका गोरक्षक राजु नगरकोटी उत्कृष्ट गोरक्षक, मनाङका विराज महर्जन उत्कृष्ट रक्षक, डुक स्टार भुटानका केन्चो तावगे उत्कृष्ट स्ट्राईकर, सुदुरपश्चिम–११ का नरेन्द्र चौधरी उदयमान खेलाडी, मनाङका प्रशिक्षक छिरिङ लोप्चन गुरुङ उत्कृष्ट प्रशिक्षक र सुदुरपश्चिम–११ का मणीराम चौधरी सर्वाधिक गोलकर्ता भएका थिए ।

दोस्रो संस्करण

धनगढीमा भएको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७४ को उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको थियो । फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पाखा लगाउँदै आर्मीले उपाधिमाथि कब्जा जमाएको थियो । आर्मीले एपीएफलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गरेको थियो ।

उपाधिसंगै आर्मीले नगद ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गरेको थियो भने एपिएफले ५ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गरेको थियो ।

२०७४ सालको प्रतियिोगितामा आर्मीका कप्तान भरत खवासले उत्कृष्ट खेलाडी हुँदै यमाहा मोटरसाइकल पाएका थिए । यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर एपीएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राईजिङ प्लेयर सुदुरपश्चिम–११ का गोलकिपर अमानत शेख भएका थिए । सर्वाधिक गोलकर्ता एपिएफका अन्जन विष्ट भएका थिए ।

तेस्रो संस्करण

नेपाल पुलिस क्लबले तेस्रो नेपाल आईस अन्तरााष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को उपाधि जितेको थियो । फाइनल खेलमा पुलिसले थ्रीस्टार क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले २१ लख नगद सहित ट्रफी पाएको थियो भने थ्रीस्टारले १० लाख सहित ट्रफी पाएको थियो ।

२०७५ सालको गोल्डकपमा पुलिसका रवि पासवान प्रतियोगिताको सर्वोत्कृष्ट भएका थिए । उनल यामाहा मोटरसाईकल प्राप्त गरेका थिए । उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी, उत्कृष्ट मिडफिल्डर थ्री स्टारक विक्रम लामा र उदीयमान खेलाडी सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका भरत टमाटा भएका थिए । । पुलिसका तीर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाएका थिए ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.