6 years ago
March 7, 2020
पोखरा (हाम्रो खेलकुद)– आयोजक सहारा क्लब र नेपाल पुलिस क्लबबीच आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा गोलरहित बराबरीमा टुंगिएको छ ।

ए डिभिजन टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई हराउँदै आयोजक टोली अन्तिम आठमा पुगेको थियो । पुलिस भने बाई पाएर सिधै क्वार्टरफाइनलबाट खेलिरहेको छ ।
पोखरा रंगशालामा जारी खेलमा आफ्नै एकेडेमीका उत्पादन ६ खेलाडी सम्मिलित सहरा एकेडमीले पुलिसलाई चुनौतिदिरहेको छ । पहिलो हाफमा अर्पण कार्की घाइते भएका छन् ।
मिनेटमा पुलिसका निरकुमार राईको फ्रिकिकि रोक्ने क्रममा अर्पाण घाइते भएका थिए । २४ औ मिनेटमा सहाराका अनिष पोमु लिम्बुको हेड क्रसबार नजिकैबाट बाहिरियो । कमल थापामगरको फ्रिकिक प्रहारमा विदेशी खेलाडीले लिरिच रामजे दिएको हेडपासमा अनिषले हेडमार्फत प्हार गरेका थिए ।
३९ औ मिनेटमा पुलिसका निरकुमारको प्रहार क्रसबारमा लाग्दै फर्कियो । शारीरिक रुपमा बलियो देखिएको पुलिसले सहारालाइ केहि दबाबमा राखे पनि गोलको खाता भने खोल्न सकेको छैन ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]