default_image

4 years ago

March 9, 2020

शीर्षस्थानमा बायर्नको ४ अंकको अग्रता

एजेन्सी – साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा चार अंकको अग्रता लिन सफल भएको छ । घरेलु मैदानमा अग्सवर्गलाई २–० ले पराजित गर्दै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग ४ अंकको अग्रता लिन सफल भएको हो ।   जितसँगै उपाधि यात्रालाई मजवुत बनाएको बायर्नको २५ खेलबाट ५५ अंक रहेको छ । समान खेलबाटै डर्टमन्डको ५१ […]

40 views

0 Bookmark

एजेन्सी – साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा चार अंकको अग्रता लिन सफल भएको छ । घरेलु मैदानमा अग्सवर्गलाई २–० ले पराजित गर्दै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग ४ अंकको अग्रता लिन सफल भएको हो ।

 

जितसँगै उपाधि यात्रालाई मजवुत बनाएको बायर्नको २५ खेलबाट ५५ अंक रहेको छ । समान खेलबाटै डर्टमन्डको ५१ अंक रहेको छ । पराजित अग्सवर्गको २७ अंकसहति १४औं स्थानमा छ । एलियन्ज एरिना म्युनिखमा आइतबार राति भएको खेलमा बायर्नको जितमा थोमस मुलर र लियोन गोरेट्जकाले गोल गरे दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको शुरुवात देखि नै बल पोजेसनमा पकड बनाएपनि बायर्नले विपक्षी पोस्टमा गतिलो आक्रमण बुन्न सकेको थिएन । अग्सवर्गले पनि काउन्टर एट्याकमा केही अवसर गुमाएको थियो । ४३औं मिनेटमा सर्जी जिनाब्रीको क्रसमा थोमस मुलरको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा बायर्नले पहिलो हाफमा अग्रता लिनबाट चुकेको थियो ।

५३औं मिनेटमा जेरेमी बोएटिङको पासमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ६५औं मिनेटमा जोसुवा जिर्कजीको प्रहारले पोस्टको गति लिन सकेन । ६९औं मिनेटमा सर्जी जिनाव्रीको प्रहारलाई अग्सवर्गका गोलरक्षक एन्ड्रियस लुथेले उत्कृष्ट बचाउ गरे ।

७८औं मिनेटमा अल्फ्रेड फिनबोग्सनको पासमा फ्लोरेन नाइदरलेच्नरले गोल गर्ने सुन्दर मौका खेर फाल्दा अग्गवर्ग बराबरीबाट चुक्यो । ८७औं मिनेटमा नाइदरलेच्नरले गोल गरेपनि उनी अफसाइड ठहरिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सर्जियो जिनाव्रीको पासमा लियोन गोरेट्जकाले गोल गर्दै बायर्नलाई २–० को जित दिलाए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.