default_image

6 years ago

March 11, 2020

झम्सीखेल र नयाँ बस्ती विजयी

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – झम्सीखेल युथ क्लब र नयाँ बस्ती युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको लिगको चौथो राउन्डको खेलमा झम्सीखेलले श्री कुमारी क्लबलाई तथा नयाँ बस्तीले श्री भगवती क्लब टोखालाई पराजित गरेको हो ।

झम्सीखेलको जितमा भुवन राई र मदन स्याङ्तानले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि झम्सीखेलले दोस्रो हाफमा श्री कुमारीलाई दवावमा राख्दै गोल गर्न सफल भएको थियो । ७१औं मिनेटमा भुवन राईले गोल गर्दै झम्सीखेललाई अग्रता दिलए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मदन स्याङ्तानले गोल गर्दै झम्सीखेललाई जित दिलाए ।  जितसँगै झम्सीखेलले ४ अंक जोडेको छ । पराजित श्री कुमारीको ४ खेलबाट ३ अंक छ ।

अर्काे खेलमा नयाँ बस्तीले टोखा भगवतीमाथि २–१ को जित निकाल्यो । नयाँ बस्तीको जितमा सच्चु गुरुङ र सन्जोक राईले गोल गरे । टोखाका लक्ष्मण जिसीले एक गोल फर्काए ।  खेलको ३०औं मिनेटमा सच्चु गुरुङको गोलबाट नयाँ बस्तीले अग्रता बनाएको थियो ।

६६औं मिनेटमा वैकल्पिक खेलाडी सन्जोक राईले गोल गर्दै नयाँ बस्तीको अग्रता दोब्बर पारे । सन्जोक ४१औं मिनेटमा साजन राईको स्थानमा मैदान प्रवेश गरेका थिए । ८४औं मिनेटमा लक्ष्मण जिसीले गोल गरेपनि टोखाको हार टरेन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.