default_image

4 years ago

March 13, 2020

च्याम्पियन्स लिग र युरोपा लिग स्थगित

एजेन्सी – युरोपेली फुटबल महासंघ (युइएफए) ले आफ्नो मातहातमा हुने सम्पूर्ण फुटबल गतिविधि च्याम्पियन्स लिग, युरोपा लिग र युथ लिग स्थगित भएको घोषणा गरेको छ । चीनको उहान प्रान्तबाट सुरु भएर विश्वव्यापी रुपमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण सम्पूर्ण गतिविधि स्थगित गर्नु परेको युइएफएले जनाएको छ । ‘बिहीबार फिफप्रो र ५५ […]

47 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबल महासंघ (युइएफए) ले आफ्नो मातहातमा हुने सम्पूर्ण फुटबल गतिविधि च्याम्पियन्स लिग, युरोपा लिग र युथ लिग स्थगित भएको घोषणा गरेको छ ।

चीनको उहान प्रान्तबाट सुरु भएर विश्वव्यापी रुपमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण सम्पूर्ण गतिविधि स्थगित गर्नु परेको युइएफएले जनाएको छ । ‘बिहीबार फिफप्रो र ५५ सदस्यीय युइएफएको भिडियो कन्फ्रेन्स मार्फत बसेको बैठकले खेलसँग सम्बन्धित सबैको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो ,’ युइएफएले उल्लेख गरेको छ ।

युइएफएले खेलाडीहरुमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि प्रतियोगिता स्थगित गर्नुपरेको उल्लेख गरेको छ । आगामी मंगलबार स्पेनिस क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दै थियो । तर, रियलका बास्केटबल खेलाडमा कोरोना पोजेटिभ भेटिएपछि रियलका सबै खेलाडी क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि खेल स्थगित हुन पुगेको थियो ।

इटाली, स्पेन, फ्रान्स लगायतका देशका राष्ट्रिय लिगहरू कम्तिमा २ हप्ताका लागि स्थगित भइसकेका छन् । युभेन्टसका पाउलो डिबाला र रुगानी, चेल्सीका कलुम हड्सन ओडोई र आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना पोजेटिभ देखिएको छ । च्याम्पियन्स लिग र युरोपा लिगको केही खेलहरु क्लोज डोरमा खेलाईएको थियो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.