default_image

4 years ago

March 16, 2020

रोनाल्डो युभेन्टसमै रहने

एजेन्सी – इटालियन जाइन्ट युभेन्टसले आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई थप दुई वर्ष युभेन्टसमै राख्ने प्रयास थालेको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार फरवार्ड रोनाल्डोको सम्झौता २०२२ जुनमा सकिदैछ । तर, युभेन्टसले रोनाल्डोलाई क्लबमा थप दुई वर्ष राख्ने प्रयास थालेको हो । यसो हुन सकेमा रोनाल्डो २०२४ सम्म […]

37 views

0 Bookmark

एजेन्सी – इटालियन जाइन्ट युभेन्टसले आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई थप दुई वर्ष युभेन्टसमै राख्ने प्रयास थालेको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार फरवार्ड रोनाल्डोको सम्झौता २०२२ जुनमा सकिदैछ ।

तर, युभेन्टसले रोनाल्डोलाई क्लबमा थप दुई वर्ष राख्ने प्रयास थालेको हो । यसो हुन सकेमा रोनाल्डो २०२४ सम्म युभेन्टसमा रहनेछ । जतिबेला उनको उमेर ३९ वर्ष हुनेछ । क्लबले पनि रोनाल्डोले युभेन्टसमा सम्झौता नवीकरण गर्ने विश्वास लिएको छ ।

पछिल्लो समय रोनाल्डो पुनः आफ्नो पुर्व क्लब रियल म्याड्रिडसँग नजिकिएको खबर बाहिरिएको थियो । रोनाल्डो बार्सिलोना र रियलबीचको ‘एल क्लासिको’ हेर्न सान्टियागो बर्नबेउ पुगेका थिए ।

रोनाल्डो २०१८ मा रियलबाट युभेन्टस पुगेका थिए । उनले त्यहाँ आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । उनले यो सिजन ३२ खेल खेल्दै २५ गोल गरिसकेका छन् । उनले सिरी ‘ए’ मा लगातार ११ खेलमा ११ गोल गर्दै नयाँ कीर्तिमान समेत बनाएका छन् ।  त्यसैले पनि क्लबले रोनाल्डोको सम्झौता लम्ब्याउने प्रयास थालेको छ ।

क्लबले रोनाल्डोलाई यथावत राख्दै ब्राजिली तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका ग्याब्रियल जेसस र इंग्ल्यान्ड तथा इंग्लिस क्लब टोटेनहम हट्सपरका ह्यारी केनलाई अनुबन्ध गर्ने प्रयास समेत थालेको छ । यस्तै फ्रेन्च क्ब पिएसजीका मोउरो इकार्डी र जर्मन क्लब आरबी लाइप्जिगका टिमो वेर्नरलाइै रोनाल्डोको सहयात्रीका लागि अनुबन्ध गर्ने प्रयास थालेको बुझिएको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.