default_image

6 years ago

March 17, 2020

एन्फाको आन्तरिक विवाद छताछुल्ल !

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवाद औपचारिक रुपमै छताछुल्ल भएको छ । माघको २९ गते बसेको कार्यसमितिको बैठकले गरेको विभिन्न निर्णयमा आफ्नो असहमति रहेको भन्दै एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले मंगलबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका छन् ।

नोट अफ डिसेन्ट लेख्न नमिलेपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव तुलाधरले लिखित असहमति गर्न दिएको सल्लाह अनुसार आफुले पत्र बुझाएको वरिष्ठ उपाध्यक्ष नेम्बाङले जनाएका छन् । उनीसँगै कार्यसमितिका सदस्य दावा लामाले पनि अलग्गै असहमति पत्र बुझाएका छन् ।

२७ नम्बर निर्णय बाहेक उनीहरु दुवैको बेहोरा एकै नास रहेको छ । सदस्य लामाले २७ नम्बरलाई भने आफ्नो असहमतिमा समेटेका छैनन् । झन्डै दुई वर्षअघि शेर्पाको नेतृत्वमा नेम्बाङ सर्वाधिक मतसहित उपाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै दावा लामा पनि सर्वाधिक मत ल्याएर सदस्यमा निर्वाचित भएका थिए ।

सुरुवातका केहि समय ठिक ठाकैको सम्बन्ध रहेपनि शेर्पा र नेम्बाङबीच पछिल्लो एक वर्षदेखि विवाद बढ्दै गइरहेको थियो । यद्दपी लिखित रुपमै असहमति दर्ता गराएको भनेको यो पहिलो पटक हो ।

पूर्व अध्यक्ष गणेश थापाविरुद्ध आन्दोलनका लागि शेर्पा र नेम्बाङ लामो समय एकसाथ उभिएका थिए । विधि अनुरुप आफुले नोटअफ डिसेन्ट लेख्न नपाएकोले अध्यक्ष र महासचिवकै सल्लाह अनुसार असहमति दर्ता गराएको नेम्बाङले बताए ।

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्बाङले बुझाएको असहमति पत्र ।

 

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

Success

Thank you for your time.