6 years ago
March 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले अहिले जारी सहिद स्मारक बी डिभिजन लिगसहित सबै खाले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको विश्वव्यापी असरलाई मध्यनजर गर्दै मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक साताका लागि प्रतियोगितालगायत सबै खाले खेलकुद गतिविधि स्थगित गर्न निर्देशन दिएपछि एन्फाले सबै कार्यक्रम स्थगित गरेको छ ।

योसँगै एन्फाले चैत १६ गतेका लागि तय गरेको साधारण सभा (एन्फा कंग्रेस) पनि स्थगित भएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै विश्व फुटबल महासंघ (फिफा० र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिले आउन असर्थन हुने जनाएसँगै साधारण सभा स्थगित गरिएको एन्फाले जनाएको छ ।
त्यस्तै एन्फाले आफ्नो सातदोबाटोस्थित आफ्नो मुख्य कार्यालयसहित तीन वटै एकेडेमी एक साताका लागि बन्द गर्ने जनाएको छ । एन्फाका अनुसार धरान र बुटवलमा रहेको एन्फा टेक्निकल सेन्टर पनि चैत १२ गते सम्म बन्द रहनेछ ।

December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]