6 years ago
March 19, 2020
एजेन्सी – मर्सिसाइड क्लब लिभरपुल करिव ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि नजिक छ । लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बन्न मात्रै दुई जितको खाँचो छ । तर, महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण दुई साता अघि देखि विश्व खेलकुद गतिविधि ठप्प बन्दा प्रिमियर लिग कम्तिमा पनि ४ अप्रिलसम्म रोकिएको छ ।

प्रिमियर लिगको २९औं चरणको खेल जारी रहँदा खेल स्थगित हुन पुगेको थियो । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । अन्य लिगमा भने निकै प्रतिस्पर्धा भइरहेको छ ।

४ अप्रिल पछि यो सिजनको लिगको भविष्य हुने नहुने निर्धारण हुनेछ । यसबारे आज बस्ने युरोपेली फुटबल महासंघ (यूइएफए) को बैठकले केही ठोस निर्णयहरु बाहिर ल्याउने छ । युइएफएका अध्यक्ष एलेक्सान्डर सेफेरिनले प्रिमियर लिगको सिजन रद्व भए लिभरपुलले उपाधि पाउने सम्भावनालाई अस्विकार गरेका छन् । कोरोना भाइरसका कारण सिजन रद्व भए लिभरपुलले उपाधि हात पार्ने समाचार सार्वजनिक भएका थिए ।

यूइएफएका अध्यक्षले सो समाचारको खण्डन गर्दै उपाधि सम्भावनालाई नकारेका हुन् । विभिन्न सञ्चार माध्यमहरुले अब लिग सुचारु हुन नसकेको अवस्थामा २५ अंकको अग्रता लिएको लिभरपुललाई उपाधि सुम्पिनु पर्ने बताएका थिए । केही सञ्चार माध्यमहरुले लिभरपुललाई उपाधि दिन १४ क्लबको बहुमत आवश्यक रहेको बताएका थिए ।

‘मैले फेरी गलत समाचार हेरेको छु र सुनेको छु कि यूईएफले लिगलाई यथास्थितीमा सकाउन सल्लाह दिनेछ । र अहिलेको नम्बर एकमा रहेका टिमलाई विजेता घोषित गर्न निर्णय गर्नेछ,’ यूइएफएका अध्यक्ष सेफरिनले भने, ‘हाम्रो उद्वेश्य लिग सकाउनु हो । तर हामीले कुनै संघ र लिगलाई यस्तो सल्लाह दिएका छैनौं ।’
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुईस रुबियल्सले सिजन नसकिएको खण्डमा लिग लिडर बार्सिलोनालाई उपाधि दिन नसकिने बताईसकेका छन् । यूइएफएले सोमबार युरो २०२० अर्को वर्ष गर्ने निर्णय गरिसकेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]