default_image

4 years ago

March 23, 2020

भेट्रान बुफोन अझै एक वर्ष युभेन्टसमै

एजेन्सी – इटालियन जाइन्ट युभेन्टसले आफ्ना भेट्रान गोलरक्षक जियानलुजी बुफोनसँगको सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ । बुफोनसँगै युभेन्टसले भेट्रान डिफेन्डर जर्जियो किएलीनी र ब्लेइस माटुइडीसँग पनि सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ । ४२ वर्षीय भेट्रान गोलरक्षक बुफोनसँगै  यि तिनै जनाको सम्झौता आउदो जुनसम्म रहेको थियो । तर, युभेन्टसले बुफोनसँगै  यि तिनै जनाको सम्झौता […]

41 views

0 Bookmark

एजेन्सी – इटालियन जाइन्ट युभेन्टसले आफ्ना भेट्रान गोलरक्षक जियानलुजी बुफोनसँगको सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ । बुफोनसँगै युभेन्टसले भेट्रान डिफेन्डर जर्जियो किएलीनी र ब्लेइस माटुइडीसँग पनि सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ ।

४२ वर्षीय भेट्रान गोलरक्षक बुफोनसँगै  यि तिनै जनाको सम्झौता आउदो जुनसम्म रहेको थियो । तर, युभेन्टसले बुफोनसँगै  यि तिनै जनाको सम्झौता एक वर्ष थप्ने निर्णय गरेको हो । फ्रेन्च लिग पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर युभेन्टस आएयता बुफोनले यो सिजन ११ खेल खेलेका छन् । उनी अझै पनि सन्यासको मुडमा छैनन् । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपनि बुफोनले पिएसजीबाट फ्रेन्च लिग जितेर युभेन्टस आएका हुन् ।

यस्तै सेन्टर ब्याक किएलीनी २००५ यता निरन्तर युभेन्टसमै रहेका छन् । चोटका कारण किएलीनीले यो सिजन जम्मा ३ खेलमा मात्रै मौका पाएका छन् । उनी अहिले चोटबाट पुर्ण रुपमा फिट छन् । टोलीको कप्तानी समेत गरिरहने किएलिनी मध्य डिफेन्समा बलिया खेलाडी मानिन्छन् । उनले लिओनार्डो बोनुचीसँग साझेदारी गर्दै आएका छन् ।

सन् २०१७ मा युभेन्टस आएका माटुइडीले यो सिजन ३१ खेल खेलेका छन् । माटुइडी पनि पिएसजीबाट नै इटालियन च्याम्पियनसँग जोडिएका थिए । अहिले ब्लेइस माटुइडी, ड्यानियल रुगानी र पाउलो डिबालामा कोरोनाको संक्रमण भेटिएको छ । उनीहरु अहिले चिकित्सकको निगरानीमा रहेका छन् ।

इटालियन लिग हाललाई अप्रिल पहिलो सातासम्म स्थगित भनेपनि लामो समय सर्ने निश्चित प्राय छ । कोरोना संक्रमणका कारण विश्वकै सर्वाधिक बढी मृत्यु भएको इटालीमा हाल ठाउँठाउँमा कर्फ्यु समेत लगाइएको छ ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.