6 years ago
March 23, 2020
एजेन्सी – कोराना भाइरसको संक्रमणले अहिले विश्वभर लगभग सबै क्षेत्र ठप्प जस्तै छ । यसको असर युरोपियन क्लबहरुको आर्थिक अवस्थामा परेको छ । यसैलाई मध्यनजर गर्दै बार्सिलोनाले कप्तानहरुसँग खेलाडीको तलब कटौती गर्ने विषयमा छलफल गर्दैछ ।

स्पेनलगायत विश्वभरका सबै फुटबल गतिविधि यति बेला स्थगित छ । यसले क्लबको आम्दानीमा पनि असर गरेको छ । बार्सिलोना बुधबार बस्ने बोर्ड बैठकले सिजनको अन्त्यसम्मका लागि खेलाडीको तलब कटौती गर्ने विषयमा छलफल गर्दैछ । बोर्ड बैठकपछि टोलीका कप्तान मेस्सीसहित अन्य उपकप्तानसँग छलफल गर्ने भएको छ । मेस्सीसँगै सर्जियो बुस्केट्स, जेरार्ड पिके र सर्जी रोबर्टोले छलफलमा भाग लिने बुझिएको छ ।
स्पेनिस संचारमाध्यम मार्साका अनुसार खेलाडीले पनि तलब कट्टाको विषयलाई सकारात्मक रुपमै लिएका छन् । यद्यपि कहिले सम्म यो अवस्थाले निरन्तरता पाउने भन्ने यकिन नहुँदा छलफलबाट निर्णय हुनेछ । ला लिगा र च्याम्पियन्स लिग यहि अवस्थामा रद्द भएको खण्डमा सम्भवत त्यसले क्लबहरुलाई ठूलो आर्थिक घाटा पर्ने सम्भावना रहन्छ ।
अहिले युरोपका ठूला प्रतियोगिता स्थगित छन् । यद्दपी ला लिगा र च्याम्पियन्स लिग जसोतसो अन्त्य गर्न सक्ने विश्वास गरिएको छ । तर, अहिलेको अवस्था हेर्दा कुनै पनि विषयमा यकिन गर्ने अवस्था भने छैन । यदि सोचे अनुरुप प्रतियोगिता हुन सकेन भने टिभी राइटबाट आउने ठूलो रकम क्लबले पाउने छैनन् ।
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]