6 years ago
March 27, 2020
प्रकाश तिमल्सिना,काठमाडौं
राष्ट्रिय फुटबल टोलीका महत्वपर्ण सदस्य मध्ये रोहित चन्द यति बेला चाहेर पनि स्वदेश फर्कन सक्दैनन् । कारण कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी असरका कारण नेपालमा अन्तर्राष्ट्रिय उडान ठप्प छ । सरकारले चैत १८ गते सम्मका लागि लकडाउनको घोषणा गरिसकेको छ ।

नेपालमा अहिले सम्म ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमध्ये १ जना ठिक भइसकेर घर फर्केका छन् भने २ जना उपचार गराइसकेका छन् । तर, रोहित बस्दै आएको इन्डोनेसियामा कारोनाको ठूलो असर परिसक्दा पनि लकडाउन गरेको छैन । त्यहाँ कोरोनाबाट अहिले सम्म ८ सय ९३ मा संक्रमण देखिएको छ भने ७८ जनाको ज्यान गइसकेको छ ।
फुटबलका गतिविधि भने सबै ठप्प छ । नयाँ सिजन सुरु भइसकेको अवस्थामा कोराना कारण विश्वभर नै खेलकुद प्रभावित भएको छ । तर, थप कुनै जानकारी नआएकोले अलमलमा परेर बसेको बताउँछन्, रोहित । रोहित पर्सिजा जाकार्तामा आबद्ध छन् । उनी लामो समयदेखि सोही क्लबमा छन् । दुई वर्षअघि टोली लिग वानको च्याम्पियन हुँदा उनी लिगकै सर्वोत्कृष्ट खेलाडी पनि बनेका थिए । जाकार्तामा जनसंख्याको चाप अध्याधिक हुँदा पनि त्यहाँ लकडाउन नगरिएकोमा भने रोहित पनि आश्चार्यमा परेको सुनाउँछन् ।

रोहितले आफ्नो अनुभव र दैनिकी बारे हाम्रो खेलकुदसँग यसरी साटे :
इन्डोनेसिया प्रभावित देशमा पर्दछ । हरेक दिन संक्रमितहरुको संख्या बढीरहेको समाचार हुन्छ । पहिला भन्दा यातायातका साधानको चाप कम भएपनि जाकार्ता यसै पनि भिडभाड हुने स्थान हो । यहाँको सरकारले किन अहिले सम्म लकडाउन नगरेको मैले बुझ्न सकेको छैन । यहाँ मान्छेको आवात जावत उस्तै छ । कार्यालयहरु चलेकै छन् ।
कोरोनाकै कारण यहाँको फुटबल भने स्थगित भइसकेको छ । त्यसपछि थप कुनै जानकारी आएको छैन । कहिलेसम्म स्थगित भन्ने प्रष्ट नभएकाले स्वदेश फर्कने योजना सुरुमा बनाइन । अब अहिले त हाम्रो देशमा लकडाउनको अवस्था छ,अन्तर्राष्ट्रिय उडान बन्द छ । क्लबका इटाली, क्रोएसिया र नेदरल्यान्ड्सका खेलाडी पनि छन् । उनीहरु पनि स्वदेश फर्केका छैनन् ।
हाम्रो क्लबको नियमित प्रशिक्षण पनि रोकिएको छ । म बस्ने ठाँउबाट क्लबमा जान बाइकमा २० मिनेट जति लाग्छ । दिउँसो ३ बजे क्लब गएर साँझ ७ बजे तिर फर्कन्छु । म अहिले पनि हरेक दिन एक्लै अभ्यास गरिरहेको छु । क्लबको फिजियो पनि नियमित आउँछन् । उनीसँग सल्लाह लिदै आफ्नो अभ्यास गर्छु ।

अस्ति एक दिन मेसिनले घाँस पनि काटे । मैले त्यसरी घाँस कहिल्यै काटेको थिइन् । रमाइलो लाग्यो । नियमित अभ्यास भन्दा फरक भएकाले घाँस काट्दा नयाँ अनुभव भयो । अब भोलीबाट भने म पनि अभ्यास नगई घरमै जे जस्तो सम्भव हुन्छ अभ्यास गर्ने विचारमा छु । संक्रमण फैलिदै गएकोले अब बाहिर निस्कनु त्यति सुरक्षित हुँदैन । कोरानो असर अघिसम्म म बाहिरबाट खाना मगाएर खान्थे । अहिले आफै पकाएर खाने गरेको छु ।
हाम्रो राष्ट्रिय टोलीका सबै खेलाडी आफ्नो फिटनेसलाई लिएर गम्भिर नै छन् । समयलाई पनि हामीले विचार गर्नै पर्छ । यो समय बाहिर गएर अभ्यास गर्ने अवस्था छैन । अब घरमा जे जस्तो सम्भव छ । त्यहि गर्नु उपयुक्त हुन्छ । जुन सुकै खेलका खेलाडीका लागि पनि अभ्यास गर्नै पर्ने हुन्छ । यस्तो समयमा घरमा बसेर गर्न सकिने अभ्यास गर्न सकिन्छ । इन्टरनेटमा हेरर पनि गर्न सकिन्छ । यो अवस्था कहिलेसम्म लम्बिने कुनै यकिन नभएकाले हामीले आफ्नो दैनिकीलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । अझै हामी खेलाडीले खानपान र व्यायममा त ध्यान दिनै पर्छ ।
म हाम्रो देशमा के भइरहेको छ सबै समाचार हेरिरहेको हुन्छु । अहिले त पहिला भन्दा झन बढी समाचार हेर्छु । संक्रमण फैलन नदिनका लागि सरकारले लकडाउन गरेको छ । यो सकारात्मक कदम हो । अहिलेका लागि यो भन्दा उपयुक्त अर्को विकल्प देखिएको छैन । अब अर्को चुनौतीपूर्ण अवस्था भनेको न्यून आय भएकाहरुका लागि यो निकै कठिन समय हो । त्यस्तो आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सरकारले केहि प्याकेज ल्याउनुपर्दछ । अन्यका हकमा भने रासन, पानी, ग्यासलगायत अति आवश्यक सामाग्री सहज उपलब्ध हुने व्यवस्था गर्नुपर्ने हुन्छ । यो अवस्था लामो समय सम्म जाने अवस्थामा के गर्ने भन्नेमा पनि सरकारले अहिले सोच्नु पर्ने अवस्था आएको छ ।

कोराना भाइरसका कारण अहिले विश्व नै संकटमा परेको छ । यस्तो अवस्थामा हामीले धर्यता गुमाउनु हुँदैन । आत्तिएर पनि हुन्दैन । सरकारले हाम्रो लागि गरेको निर्णयको पालन गर्नुपर्दछ । विश्व स्वास्थ्य संगठनले दिएका सुझावलाई पालना गर्नु अहिले हाम्रा लागि उपयुक्त हुन्छ । हरेकका जीवनमा कठिन परिस्थिति आउँछ ।
अहिले संसारभरका मानिसहरुलाई एकै पटक समस्याले घेरेको छ । यति बेला हामीले आफ्नो र अरुको स्वस्थ्यलाई पनि ख्यालमा राख्नुपर्दछ । हामीले सबै खाले कठिन समयको पनि सामना गर्नुपर्ने हुन्छ । आशा गरौं केहि समयमा हामी पुरानै अवस्थामा फर्कन सक्नेछौ । त्यसका लागि हामीले सरकारको आलोचना मात्र होइन, आफ्नो जिम्मेवारी पनि पुरा गरौं ।
रोहितको एकल प्रशिक्षणको भिडियो :
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]