default_image

4 years ago

March 27, 2020

एन्फा एकेडेमीको क्वारेन्टाइनमा ३६ जना राखियो

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश २ सरकारले ३६ जनालाई शुक्रबार एन्फा महिला फुटबल एकेडेमीमा स्थापना गरिएको अस्थाई क्वारेन्टाइनमा राखेको छ । भारतका विभिन्न भागबाट स्वदेश फर्केका ३६ जनालाई क्वारेन्टाइनमा राखिएको एन्फाले जनाएको छ ।

कोराना भाइरस कोभिड १९ को संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै विदेशबाट आउने जो कोहिलाई पनि क्वारेन्टाइनमा बस्न पर्ने भनिएको छ । क्वारेन्टाइनमा १४ दिन बस्नुपर्ने हुन्छ । ती ३६ जना भारतका विभिन्न भागबाट बर्गनिया हुँदै स्वदेश फर्केका थिए । एकेडेमीमा चन्द्रनिगापुर नगरपालकाले ५८ बेडको क्वारेन्टाइन स्थापना गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना संरचनालाई अस्थाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई अनुरोध गरेको थियो । रौतहटसँगै धरान, बुटबल र सातदोबाटोमा एन्फा एकेडेमी रहेको छ ।

कारोनाको संक्रमण बढ्ने खतरालाई मध्यनजर गर्दै सरकारले चैत ११ देखि १८ गते सम्मका लागि लकडाउनको घोषणा गरेको छ । नेपालमा अहिले सम्म ४ जनामा करोना पोजेटिभ देखिएको छ । जसमध्ये १ जना ठिक भइ घर फर्केको र ३ जना उपचार गराइरहेका छन् । विश्वमा कोरोना भाइरसबाट २४ हजार भन्दा बढीको मृत्य भइसकेको छ भने ५ लाख भन्दा बढी संक्रमित भएका छन् ।

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.