default_image

4 years ago

March 31, 2020

मेस्सी भर्सेस रोनाल्डो : लेजेन्डहरु कसको पक्षमा ?

एजेन्सी – विश्व फुटबलका महान् हस्ती तथा लेजेन्ड ब्राजिली पेलेले एक साताअघि आधुनिक फुटबलमा अर्जेन्टिनी लियोनेल मेस्सीको तुलनामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सर्वश्रेष्ठ रहेको आफ्नो धारणा राखेका थिए । पछिल्लो समय विश्व फुटबलमा मेस्सी रोनाल्डोमा को उत्कृष्ट भन्ने बहस चलेको छ । तर, सबैले आ–आफ्नो धारणा राखेका छन् । को उत्कृष्ट भन्ने छुट्याउनै मुस्किल छ । […]

148 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलका महान् हस्ती तथा लेजेन्ड ब्राजिली पेलेले एक साताअघि आधुनिक फुटबलमा अर्जेन्टिनी लियोनेल मेस्सीको तुलनामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सर्वश्रेष्ठ रहेको आफ्नो धारणा राखेका थिए ।

पछिल्लो समय विश्व फुटबलमा मेस्सी रोनाल्डोमा को उत्कृष्ट भन्ने बहस चलेको छ । तर, सबैले आ–आफ्नो धारणा राखेका छन् । को उत्कृष्ट भन्ने छुट्याउनै मुस्किल छ । पछिल्लो एक दशक यि दुई खेलाडीले आफुलाई अब्बल सावित गरिरहेका छन् । पछिल्लो १२ वर्षमा यि दुई खेलाडीले ११ पटक बालोन डिओर जितेर आफुलाई प्रमाणित गरेका छन् । यि दुईले क्लब फुटबलमा नजितेको कुनै उपाधि छैन ।

रोनाल्डोले आफ्नो समयमा पोर्चुगललाई युरोकपको उपाधि जिताएका छन् । मेस्सीले बार्सिलोनालाई सबै उपाधि जिताएपनि उनले अर्जेन्टिनालाई आफ्नो समयमा उपाधि जिताउन सकेको छैनन् । दुईपटक कोपा अमेरिका कपको फाइनलमा चुकेका मेस्सीले सन् २०१४ मा विश्वकपको फाइनल पनि गुमाए ।

पेलेको धारणा बाहिर आएपछि डेलीमेलले अन्य फुटबलका लेजेन्डहरुको पनि राय बुझेको थियो । ‘मलाई लाग्छ, उहाँ सर्वश्रेष्ठ हुनुहुन्छ । उनी निकै छरिता छन् । तर, हामीले मेस्सीलाई बिर्सनुहुन्न । उनी एक फरवार्ड मात्र होइन ।’ पेलेले एक अन्तर्वार्तामा भनेका थिए । रोनाल्डो कि मेस्सी भनेर । उनीहरुको धारणालाई यहाँ प्रस्तुत गरिएको छ ।

१. डिएगो म्याराडोना (अर्जेन्टिना)

अर्जेन्टिनी म्याराडोनालाई पेलेसँगको समान स्तरको खेलाडीको रुपमा तुलना गरिन्छ । मेस्सी र रोनाल्डोको बहसमा म्याराडोना पनि उभिएका छन् । ‘मेरो प्रशिक्षणमा मेस्सीले खेलेका छन् । तर, उनले त्यहाँ मैले सोचेजस्तो खेल्न सकेन । म आफै छक्क परे । म त्यसलाई सम्झन चाहन्न । तर, मेस्सी विश्वको उत्कृष्ट खेलाडी हो,’ म्याराडोनाले भने, ‘म मेस्सीलाई नै प्राथमिकतामा राख्नेछु । रोनाल्डो पनि आफ्नो ठाँउमा उत्कृष्ट छन् । फुटबल इतिहासले मेस्सीलाई अवश्य सम्झने छ । फुटबलले उनलाई सबथोक दिएको छ । जति उसले खेललाई दिएको छ । अब उनले एउटै विश्वकप जित्न सके । उनको सबै दाग मेटिनेछ ।’ ‘मेस्सी’

२. पउल स्कोल्स (इंग्ल्यान्ड)

पउल स्कोल्स इंग्ल्यान्डको प्रतिभाशाली खेलाडीमध्यका हुन् । यिनै प्रतिभाशाली खेलाडीले क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा आफुलाई प्रमाणित गरिरहेको देखेको थिए । तर, यिनले आश्चर्य चकित रुपमा आधुनिक फुटबलका दुई हस्ती रोनाल्डो र मेस्सी मध्ये मेस्सी नै उत्कृष्ट रहेको बताएका छन् । ‘मेस्सी सर्वश्रेष्ठ हुन् । तर, रोनाल्डो सानदार छन्,’ स्कोल्सले भने, ‘रोनाल्डो पेस र पावरमा प्रखर छन् । उनले स्कोर गर्दछन् । फ्रिकिकमा गोल गर्दछन् । तर, एक अलराउन्डर फुटबलरको रुप भनेको मेस्सी हुन् । उनी सबै चिजले भरिपुर्ण छन् ।’ ‘मेस्सी’

३. डेभिड बेकह्याम (इंग्ल्यान्ड)

इंग्ल्यान्डका लेजेन्ड तथा पुर्व कप्तान डेभिड बेकह्याम आफ्नो समयमा विश्व फुटबलमा प्रभुत्व छाड्न सफल खेलाडी हुन् । यिनै बेकह्यामले रोनाल्डोलाई स्पेनिस क्लब रियल म्याड्रिडमा ल्याउन भुमिका खेलेको थिए । यिनै रोनाल्डोलाई रियलमा ल्याउन भुमिका निभाएका बेकह्यामलाई रोनाल्डो र मेस्सीको भनी सोधिएको प्रश्नमा उनले अर्जेन्टिनी मेस्सीलाई छानेका छन् ।

‘उनीहरुको प्राविधिक क्षमता र प्रतिभामा समानता छ । एक समयमा दुवै जना फुटबलमा उपस्थित हुन गौरवको कुरा हो । तर, मेस्सी विश्वको सर्वश्रेष्ठ खेलाडी हुन्,’ बेकह्यामले भने, ‘एक खेलाडीको रुपमा मेस्सी आफ्नो छुट्टै स्थानमा छ । यो सम्भव छैन कि मेस्सी जस्तो यो संसारमा छैन । अनि ऊ रोनाल्डो जस्तै । जो उसको स्तरमा छैन । उनीहरु दुवै माथि छ ।’ ‘मेस्सी’

४. रोबर्टाे कार्लाेस (ब्राजिल)

फुटबलको सुपरस्टार कस्तो देखिन्छ भन्ने ब्राजिली लेजेन्ड रोबर्टाे कार्लाेसलाई राम्ररी थाहा छ । किन कि उनले आफ्नो २४ वर्षे व्यवसायिक करियरमा विश्वकै उत्कृष्ट मानिएका रोनाल्डिन्हो, रोनाल्डो नाजारियो र रोमारियो जस्ता ब्राजिली लेजेन्ड खेलाडीसँग खेल्ने मौका पाए । स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व फुलब्याक कार्लाेसले अहिलेको समयमा मेस्सी भन्दा रोनाल्डो नै उत्कृष्ट रहेको बताएका छन् ।

‘म रोनाल्डोको हरेक दिनको प्रशिक्षण हेर्छु । उनको प्रशिक्षण गर्ने तरिका फरक र उत्साहजनक छ । उनी दिनानुदिन आफुलाई सुधार गर्न चाहन्छन्,’ कार्लाेसले भने, ‘मेस्सी एउटा अप्रत्याशित घटना हो । उसलाई प्रकृतिले नै सबथोक दिएको छ । तर, रोनाल्डोको प्रशिक्षण, व्यावसायिकता, फोकस, प्रेरणा र सफलताले उनलाई अर्कै ठाउँमा उभ्याएको छ ।’  ‘रोनाल्डो’

५. सर एलेक्स फर्गुसन (इंग्ल्यान्ड)

स्कटिस मुलका सर एलेक्स फर्गुसन विश्वको महान प्रशिक्षकको रुपमा गनिन्छन् । यि प्रशिक्षक फर्गुसनले (१९८६–२०१३) २७ वर्षसम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई प्रशिक्षण दिएका थिए । यिनै प्रशिक्षकले नै आधुनिक फुटबलका हस्ती मध्येको एक पोर्चुगिज क्रिस्टियानो रोनाल्डोलाई प्रशिक्षण दिएका थिए । रोनाल्डोलाई गोल मेसिन बनाउन फर्गुसनको महत्वपुर्ण भुमिका रहेको बताइन्छ ।

फर्गुसनले रोनाल्डो र मेस्सीमा आफ्नै चेला रोनाल्डोलाई रोजेका छन् । ‘अब मलाई गलत नसोच्नुहोला । मेस्सी राम्रो खेलाडी हो । तर, मेरो मत फरक छ । मेस्सी बार्सिलोनाका खेलाडी हुन् । रोनाल्डोले स्टकपोर्ट काउन्टीका लागि खेले । ह्याट्रिक पुरा गरे । किनकि उनी आफुलाई अरुभन्दा फरक राख्न चहान्छ । उनी विश्वकै उत्कृष्ट खेलाडीमा दुईमत छैन,’ फर्गुसनले भने ।  ‘रोनाल्डो’

६. मार्काे भान वास्टेन (नेदरल्यान्ड) 

तीन पटकको बालोन डि ओर विजेता नेदरल्यान्डका लेजेन्ड मार्काे भान वास्टेनले मेस्सी नै आधुनिक फुटबलको सर्वखेलाडी रहेको दावी गरेका छन् । ‘रोनाल्डो एक महान् खेलाडी हो । तर, जसले मेस्सी भन्दा राम्रो हो भन्छन् नि उनीहरुको फुटबल ज्ञानमा प्रश्न उठाए ,’ भान वास्टेनले भने, ‘जसले यो भनिरहेको छ । उनीहरुलाई फुटबलको ज्ञान छैन । उनीहरुले नराम्रो विश्वासमा भनेका छन् । मेस्सी छुट्टै छ । उनको नक्कल गर्न र दोहोर्याउन असम्भव छ । उनी जस्ता खेलाडी ५० देखि १०० वर्षको बीचमा आउछन् ।’ ‘मेस्सी’

७. जिनेदिन जिदान (फ्रान्स)

फ्रान्सका लेजेन्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले २००६ मा फुटबलबाट सन्यास लिनुअघि विश्व फुटबलमा छुट्टै छाप छोड्न सफल खेलाडी हुन् । ब्राजिली रोनाल्डो, रोनाल्डिन्हो, रोमारियो र रोबर्टाे कार्लाेसजस्ता खेलाडी पुस्ताको बर्हिगमनपछि नै मेस्सी र रोनाल्डोले विश्व फुटबलमा प्रभुत्व जमाउन शुरु गरेका हुन् । उनी च्याम्पियन्स लिगको ह्याट्रिक उपाधि जित्ने प्रशिक्षक हुन् ।

यिनै प्रशिक्षक जिदानले आफ्नो रोजाईमा पोर्चुगिज रोनाल्डोलाई रोजेका छन् । उनले रोनाल्डोविना रियल र आफुले यति ठुलो अभुतपुर्व सफलता हात नपार्ने समेत बताएका छन् । ‘क्रिस्टियानो रोनाल्डो सबैभन्दा राम्रो खेलाडी हो । उसको प्रतिद्धन्द्धी मेस्सी हो । र यो प्रतिस्पर्धा सबैले हेर्न चहान्छन् । तर, रोनाल्डो अभुतपुर्व खेलाडी हो । उनलाई वर्णन गर्ने कुनै शब्द छैन,’ जिदानले भने, ‘मसँग राम्रो करियर भएपनि म भन्दा पनि धेरै स्तरीय खेलाडी हुन् । उनी अहिलेका पनि महान् खेलाडी हुन् । फेरि भन्छु, मेस्सी उनको प्रतिद्धन्द्धी हो ।’ ‘रोनाल्डो’

८. केलियन एमबाप्पे (फ्रान्स)

फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पेलाई मेस्सी र रोनाल्डोको बर्हिगमनपछि विश्व फुटबलमा छाप छोड्न सक्ने उत्तराधिकारीको रुपमा हेरिएको खेलाडी हो । यिनले आफुलाइै त्यो स्तरमा पुर्याइसकेका छन् । उनले एक विश्वकप जितिसकेका छन् । तर, आधुनिक फुटबलका हस्तीद्धय रोनाल्डो र मेस्सीले विश्वकप जित्न सकेका छैनन् ।

सबै महत्वपुर्ण बहसमा एमबाप्पेलाई समावेश नगर्दा केही खल्लो महसुस हुनेछ । यिनै एमबाप्पेले मेस्सी र रोनाल्डोमा रोनाल्डोलाई नै छनोट गरेका छन् । ‘रोनाल्डो मेरो आइडल हुन् । मैले सानोदेखि नै रोनाल्डोको प्रेरणामा खेल्न थालेको हुँ । मैले सानो देखि नै रोनाल्डोलाई मायाँ गर्न थालेको थिएँ,’ एमबाप्पेले भने । ‘रोनाल्डो’

९.ज्लाटन इभ्राहिमोभिच (स्वीडेन)

अझै पनि व्यवसायिक खेलमा रहिरहेका भेट्रान स्वीडिस फरवार्ड ज्लाटन इभ्राहिमोभिचले दुई दशक व्यवसायिक खेलमा बिताउदै आफुलाई उत्कृष्ट खेलाडीको रुपमा उभ्याएका छन् । यिनै इभ्राहिमोभिचले स्पेनिस क्लब बार्सिलोनाको लियोनेल मेस्सीलाई आधुनिक फुटबलको उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।

‘मलाई लाग्छ मेस्सी एक भिन्न प्रकारको खेलाडी हो । उसले के गरिरहेको छ । मलाई थाहा छैन । हामी अर्काे खेलाडीको कुरा गर्छाै भने त्यो रोनाल्डो हो,’ इभ्राहिमाभिचले भने, ‘रोनाल्डो कडा परिश्रमले सिर्जित खेलाडी हो । उनी मिहेनती छन् । यो प्राकृतिक होइन ।’ ‘मेस्सी’

१०. फावियो कापेलो (इटाली)

इंग्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिक पुर्व प्रशिक्षक फावियो कापेलोले रोनाल्डो र मेस्सीसँग काम गर्ने मौका पाएनन् । तर, यि प्रशिक्षकले दुवै खेलाडी समान स्तरको रहेपनि मेस्सी केही हदसम्म रोनाल्डोभन्दा माथिल्लो स्तरको रहेको बताएका छन् । ‘रोनाल्डो एक असाधारण फुटबलर हुन् । तर, मेस्सी एक प्रतिभाशाली खेलाडी । फुटबलमा तीन प्रतिभा छन् । ‘पेले, म्याराडोना र मेस्सी’, कापेलोले भने, ‘यो बीचमा रोनाल्डो पनि असाधरण खेलाडीको रुपमा उभिएका छन् । उनले सबै चीज जित्न प्रयास गर्दछन् । तर, दुइमध्य मेस्सी नै प्रतिभाशाली र राम्रो खेलाडी हो ।’  ‘मेस्सी’

११. रोनाल्डिन्हो (ब्राजिल)

ब्राजिली लेजेन्ड रोनाल्डिन्होले लियोनेल मेस्सीलाई बार्सिलोनामा पोख्त बनाउन सहयोग गरेका थिए । आफ्नो समयको उत्कृष्ट खेलाडी रोनाल्डिन्होले त्यतिबेला नै मेस्सीले विश्व फुटबलमा तहल्का पिट्न सक्ने अनुमान गरेका थिए । उनै रोनाल्डिन्हो १० नम्वर जर्सीमा मेस्सीले अहिले विश्व फुटबलमा तहल्का मच्चाइरहेका छन् । यिनले मेस्सी नै अहिलेको अवस्थामा उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।

‘म मेस्सीसँग खेल्न मन पराउछु । उनीसँगै मैले लामो समय खेल्न पाइन । मैले बार्सिलोना छाड्ने बेला उनी युवा अवस्थामा थिए । म पुनः एकपटक उनीसँग खेल्न चहान्छु,’ रोनाल्डिन्होले भने, ‘उनी इतिहासको निसन्देह खेलाडी हुन् । मेस्सीले के गरे, त्यो कसैले पनि गरेन । अर्काे रोनाल्डो पुर्ण खेलाडी हो । तर, म मेस्सीको स्टाइललाई प्राथमिकता दिन्छु ।’ ‘मेस्सी’

१२. डिएगो सिमिओनी (अर्जेन्टिना)

अर्जेन्टिनी तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीले रोनाल्डो र मेस्सीमा मेस्सी नै उत्कृष्ट खेलाडी रहेको बताएका छन् । ‘म आफ्नो देशको मेस्सीलाई नै छान्नेछु । तर, रोनाल्डो पनि उत्कृष्ट खेलाडी हुन् । तर, म मेस्सी नै छान्नेछु ,’ सिमोनीले भने, ‘यदि तपाईसँग सामान्य क्लबको लागि सामान्य खेलाडी अनुबन्ध गर्नै इच्छा छ भने, त्यहाँ रोनाल्डोसँग फिट हुनेछ । तर, मेस्सी भएको ठाँउमा उनी जस्तै अन्य स्तरीय खेलाडी हुनेछ । मेस्सी उत्कृष्टबाट पनि उत्कृष्ट खेलाडीको रुपमा अघि बढेको हो । मेस्सी इज बेटर देन रोनाल्डो ।’ ‘मेस्सी’

१३. रोनाल्डो नाजारियो (ब्राजिल)

ब्राजिली लेजेन्ड रोनाल्डो नाजारियोले विश्व फुटबल बजारमा मेस्सी र रोनाल्डोले आफ्नो छुट्टै पहिचान बनाएको बताएका छन् । उनीहरुको लोकप्रियताले नै निजी कम्पनीहरु फुटबलमा लगानी गर्न होमिएको समेत बताएका छन् । स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका रोनाल्डोले आधुनिक फुटबलमा दुवै खेलाडी उत्कृष्ट रहेको बताए छन् ।

‘केही हदसम्म मेस्सी उत्कृष्ट छ । उनी यो संसारबाट बाहिर छन् । रोनाल्डो पनि । तर, म लियोलाई अलि पुर्ण देख्छु,’ रोनाल्डोले भने, रोनाल्डो पनि महान् छन् । म उसलाई अरु कुनै खेलाडीभन्दा धेरै मन पराउँछु । उसले गर्ने सबै कुरा दर्शनीय छ ।’ ‘मेस्सी’

१४. योर्गेन क्लोप (जर्मनी)

अघिल्लो वर्ष इंग्लिस क्लब लिभरपुललाई युइएफए च्याम्पियन्स लिगको च्याम्पियन बनाउदा जर्मन प्रशिक्षक योर्गेन क्लोपले च्याम्पियन्स लिगलाई प्रभावशाली बनाइदिएका थिए । कारण आधुनिक फुटबलका दुई हस्ती रोनाल्डो र मेस्सीविना लिभरपुललाई च्याम्पियन बनाए । क्लोपले मेस्सी र रोनाल्डो नभएपनि च्याम्पियन्स लिग जित्न सक्ने प्रमाण पेश गरेका छन् ।

तर, यि प्रशिक्षकाई रोनाल्डो र मेस्सी रोज्नुपर्दा उनले अनौठो जवाफ दिए । ‘मेरो स्मार्ट फोनमा मेरो एउटा मात्र सेल्फी छ । त्यो मेस्सीको साथ हो । रोनाल्डो पनि त्यहि कोठामा थिए,’ क्लोपले भने । ‘मेस्सी’

यसरी १४ लेजेन्डहरुको मत सर्वेक्षण गर्दा मेस्सीको पक्षमा १० तथा रोनाल्डोको पक्षमा ४ जना मात्रै उभिए । तर सबैको धरान बुझ्दा  यसबाट के पनि भन्न सकिन्छ भने उनीहरु दुवै आ–आफ्नो ठाउँमा उत्कृष्ट छन् । रोनाल्डो आफ्नो मिहेनतले उत्कृष्ट छन् । मेस्सीले प्रकृतिकै वरदान पाएका छन् । उनीहरु दुवै व्यवसायिक खेल जीवनको उत्तरार्धमा छन् । मेस्सीले ६ पटक तथा रोनाल्डोले ५ पटक बालोन डि ओर जितेका छन् । जसले जे भनेपनि मेस्सी र रोनाल्डो आधुनिक फुटबलका हस्ती हुन् । यो बहस कहिल्यै सकिने छैनन् ।

डेलीमेल स्पोर्ट्सबाट अनुवाद

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.