default_image

4 years ago

April 3, 2020

पेनाल्टी रोकेपछि रोनाल्डो धेरै रिसाए

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब किएभोका पुर्व गोलरक्षक स्टेफानो सोरेन्टिनोले पेनाल्टी बचाएपछि पोर्चुगल तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो एकदमै रिसाएको खुलासा गरेका छन् । रोनाल्डो र सोरेन्टिनोबीच गत सिजनमा पहिलोपटक भेट भएको थियो । २१ जनवरी २०१९ मा घरेलु मैदानमा युभेन्टसले किएभोमाथि ३–० को जित निकालेपनि रोनाल्डोले पेनाल्टी चुकाएका थिए । उनको पेनाल्टी […]

47 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब किएभोका पुर्व गोलरक्षक स्टेफानो सोरेन्टिनोले पेनाल्टी बचाएपछि पोर्चुगल तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो एकदमै रिसाएको खुलासा गरेका छन् ।


रोनाल्डो र सोरेन्टिनोबीच गत सिजनमा पहिलोपटक भेट भएको थियो । २१ जनवरी २०१९ मा घरेलु मैदानमा युभेन्टसले किएभोमाथि ३–० को जित निकालेपनि रोनाल्डोले पेनाल्टी चुकाएका थिए । उनको पेनाल्टी सोरेन्टिनोले बचाएका थिए ।

‘उहाँ (रोनाल्डो) एकदमै रिसाए । उनीसँग खेलअघिको ह्यान्डसेकमा जर्सी साटासाट गर्न सहमत भएको थियो । तर, मैले उनको पेनाल्टी बचाएपछि उनी खेलभर नै रिसाए । खेल सकिएपछि ड्रेसिङ रुममा भेट भएको थियो,’ सोरेन्टिनोले एक वर्षअघिको घट्नाको खुलासा गर्दै भने ।

‘उनले मलाई एक हात दिए र मलाई बधाई दिए । तर, उनमा अझै रिस मरेको थिएन । मैले इटालीमा यस्तो घट्ना कहिल्यै भोगेको थिएन । उनले मलाई जर्सी पनि दिएनन् । त्यसपछि युभेन्टसका अर्का खेलाडी पाउलो डिबालाको जर्सी लिएँ । जे भयो राम्रो भयो ।’

‘उनले आफ्नो जर्सी बदल्न सहमत भएको र मैले पेनाल्टी बचाएपछि यो सबै परिवर्तन भयो । उनले मलाई खेलभर नै बेवास्ता गरे।’ खेलमा डगलस कोस्टा, इम्री क्यान र ड्यानियल रुगानीले गोल गरेपनि रोनाल्डो पेनाल्टीमा चुकेका थिए ।

युभेन्टसले २–० ले अग्रता लिएको अवस्थामा दोस्रो हाफमा युभेन्टसले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डो चुकेका थिए । ४१ वर्षीय भेट्रान गोलरक्षक सोरेन्टिनो संन्यास लिएर अहिले इटालीको आठौं डिभिजनको क्लब सेर्भाेबाट फरवार्डको रुपमा खेलिरहेका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.