default_image

4 years ago

April 4, 2020

माने सिजनको उत्कृष्ट खेलाडी

एजेन्सी – लिभरपुलका स्टार साडियो माने प्रिमियर लिग सिजनको उत्कृष्ट खेलाडी चुनिएका छन् । स्पोर्टस् स्काईले आफ्ना पाठकको मतका आधारमा सिजनको उत्कृष्ट प्रिमियर लिग खेलाडीको छनोट गरेको हो । उत्कृष्ट खेलाडी छनोटका लागि एक साता अन लाइन भोटिङ खुला गरिएको थियो । जसमा सिजन २०१९/२० को सिजनमा माने अगाडि रहे । ५० हजार भन्दा बढीले […]

40 views

0 Bookmark

एजेन्सी – लिभरपुलका स्टार साडियो माने प्रिमियर लिग सिजनको उत्कृष्ट खेलाडी चुनिएका छन् । स्पोर्टस् स्काईले आफ्ना पाठकको मतका आधारमा सिजनको उत्कृष्ट प्रिमियर लिग खेलाडीको छनोट गरेको हो ।

उत्कृष्ट खेलाडी छनोटका लागि एक साता अन लाइन भोटिङ खुला गरिएको थियो । जसमा सिजन २०१९/२० को सिजनमा माने अगाडि रहे । ५० हजार भन्दा बढीले भोट गरेको प्रक्रियाबाट मानेले ३३ प्रतिशत मत प्राप्त गरेका थिए ।

त्यस्तै उनकै टोलीका कप्तान जोर्डन हेन्डरसनले ३१ प्रतिशत मत प्राप्त गर्दै दोस्रो र म्यानचेस्टर सिटीका केभिड डी ब्रुएन २० प्रतिशत मतका आधारमा तेस्रोमा रहे । लिभरपुलकै भर्जिल भान डाइकले ५ प्रतिशत र मोहम्मद सलाहले २ प्रतिशत मत प्राप्त गरे ।

त्यस्तै अन्य खेलाडीले भने ९ प्रतिशत मत प्राप्त गरे । प्रिमियर लिगमा लिभरपुलले उच्च प्रदर्शन गर्दा शीर्षस्थानमा रहँदा मानेले १४ गोल गरेका थिए । उनको गोलमा मात्र लिभरपुलले १८ अंक जोडेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.