default_image

4 years ago

April 6, 2020

युनाइटेड आउन सान्चोको शर्त

एजेन्सी – इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार जाडोन सान्चोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसमक्ष अनुबन्धको लागि शर्त राखेको छ । सान्चोले म्यानचेस्टर युनाइटेड अर्काे सिजन च्याम्पियन्स लिगमा छनोट हुन सकेको अवस्थामा मात्रै त्यहाँ आउन सक्ने र अन्यथा अनुबन्ध प्रस्ताव अस्वीकर गरिने बताएको छ । पछिल्लोपटक युरोपियन क्लव फुटबलमा चर्चामा रहेका खेलाडी सान्चोले यदि युनाइटेड […]

58 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार जाडोन सान्चोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसमक्ष अनुबन्धको लागि शर्त राखेको छ ।

सान्चोले म्यानचेस्टर युनाइटेड अर्काे सिजन च्याम्पियन्स लिगमा छनोट हुन सकेको अवस्थामा मात्रै त्यहाँ आउन सक्ने र अन्यथा अनुबन्ध प्रस्ताव अस्वीकर गरिने बताएको छ । पछिल्लोपटक युरोपियन क्लव फुटबलमा चर्चामा रहेका खेलाडी सान्चोले यदि युनाइटेड अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन नसके आफु नआउने बताएको रिपोर्टले उल्लेख गरेको छ ।

२० वर्षीय युवा स्टार सान्चो अनुबन्ध गर्न प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँगै चेल्सीले दौडधुप गरिरहेका छन् । युनाइटेडलाई शर्त राखेपनि चेल्सीको लागि भने यो अवसर खुल्ला रहेको छ । द सनका अनुसार २० बर्षे सान्चोले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने चाहना राखेको र अर्को क्लवमा जाँदा त्यो मौका अनिवार्य पाउनुपर्ने मनसायमा छन् ।

डर्टमन्डका विंगर सान्चोलाई अनुबन्ध गर्ने योजना लिभरपुलले ड्रप गरेको थियो । युनाइटेड सान्चोलाई साताको चार लाख पाउण्डमा अनुबन्ध गर्न तयार रहेको बताइएको छ । यो सिजनको बुन्डेस लिगामा उत्कृष्ट प्रदर्शन गरेका सान्चोले १७ गोल गर्नुका साथै १९ असिष्ट दिएका छन् । डर्टमन्डले सान्चोलाई कम्तीमा पनि १०० मिलियन पाउन्डमा बेच्ने तयारी गरेको छ ।

चेल्सी र युनाइटेडले सान्चोलाई मोटो रकम खर्चन तयार छ । तर, कोरोना भाइरसको कारण पनि क्लबलाई केही प्रभाव पर्न सक्नेछ । युनाइटेड प्रिमियर लिगको पाँचौ स्थानमा रहेको छ । ३ अंक बढी रहेको चेल्सी चौथो स्थानमा रहेको छ ।

विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण प्रिमियर लिगसहित विश्वको फुटबल गतिविधि ठप्प छ । अप्रिल अन्तिमसम्म लिगहरु स्थगित गरिएपनि त्यसपछि शुरु हुने या नहुने भन्न सकिने अवस्था नै बनेको छैन ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.